arrow

श्रीदेवीको निधनपछि दुबई गएका थिए अर्जुन कपूर, १ वर्षपछि सार्वजनिक भयो वास्तविकता

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
arjun-shreedevi.jpg

काठमाडौं । अर्जुन कपूर र श्रीदेवीको बीचमा सधैं दूरी रहने गरेको थियो । उनीहरु दुईजना कहिल्यै पनि सँगै देखिएनन् । तर, श्रीदेवीको निधनको समयमा अर्जुन कपूर फिल्मको शुटिङ बीचमा छाडेर दुबई गएका थिए । श्रीदेवी अर्जनकी सौतेनी आमा हुन् । यस कुराले सबैलाई अचम्ममा पारेको थियो । श्रीदेवीको निधन भएको फेब्रुअरीमा एक वर्ष पूरा भएको छ ।

एक अन्तर्वार्तामा अर्जुन कपूरले आफ्नो दुबई जाने रहस्य खोलेका छन् । श्रीदेवीको निधनको समाचार सुनेसँगै अर्जुन अपूर अर्चना शौरी मौसीलाई भेट्न पुगेका थिए । उनले आफूलाई जे लाग्छ त्यति गर्न सुझाएकी थिइन्, त्यसपछि उनी अंशुलालाई भेट्न पुगेका थिए । त्यसपछि उनले आफ्ना पितालाई भेट्न दुबई गएका थिए । अर्जुनले आफू र अंशुला सधैं जाह्नवी र खुसीको साथमा रहेको बताएका छन् ।

अर्जुनले भनेका छन्, ‘मेरी आमा बुबालाई निकै माया गर्नुहुन्थ्यो । उहाँ पनि यस्तो अवस्थामा म मेरो बुबासँग रहूँ भन्ने चाहनुहुन्थ्यो ।’ उनले आफूले पनि यो सबै कुरा सामना गरेर आएको बताउँदै आफूभित्रको रित्तोपन अंशुलालाई मात्र महशुस हुने गरेको बताए ।

श्रीदेवीको निधन भएको समयमा अर्जुन नमस्ते लण्डनको शुटिङ गरिरहेका थिए । अर्जुनले ७ दिनको बिदा लिएका थिए र यो कठिन अवस्थामा परिवारको साथमा आएका थिए । उनले जाह्नवी र खुसीलाई पनि सम्हालेका थिए ।

अर्जुनको विषयमा पिता बोनी कपूरले उनी निकै समझदार रहेको बताएका छन् । उनले अर्जुन दुबई आउनुका साथै अंशुलाले पनि जाह्नवी र खुसीको ख्याल राखेको बताए ।

श्रीदेवीको निधनपछि अर्जुन कपूर र अंशुलाको निकटता जाह्नवी र खुसीसँग बढेको छ । अक्सर यी चारलाई एकसाथ देखिने गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ