arrow

अष्ट्रेलिया न्यूजिल्याण्डको दोस्रो सिकार

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
mitchell-new-Zeeland.jpg.jpeg
एजेन्सी  । भारतमा जारी विश्वकप टि–२० क्रिकेटमा न्यूजिल्याण्डले अष्ट्रेलियाविरुद्ध ८ रनको रोमान्चक जित निकालेको छ । जारी प्रतियोगितामा न्यूजिल्याण्डको यो दोस्रो जित हो । यसअघि आयोजक भारत न्यूजिल्याण्डको पहिलो सिकार भएको थियो । हिमाञ्चल प्रदेशस्थित धर्मशाला खेल मैदानमा टस जितेर पहिले व्याटिङ गरेको न्यूजिल्याण्डका लागि मार्टिन गुप्टिल र केन विलियमसनले सुखद सुरुवात गरे । मध्यक्रमका व्याटसम्यानले गतिलो प्रदर्शन गर्न नसकेपछि न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४२ रन मात्रै जोड्न सक्यो । 
 
पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका गुप्टिल र विलियमसनले क्रमश ३९, २४ रन बनाए । ग्रान्ट इलिओटले २७ रन बनाए । न्यूजिल्याण्डलाई कम रनमा रोक्न अष्ट्रेलियाका जेम्स फल्कनर र ग्लेन म्याक्सवेलले समान २–२ विकेट लिए ।  १ सय ४९ रनको मध्यम चुनौती लिएर मैदान उत्रिएको अष्ट्रेलियन टोली निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै केवल १ सय ३४ रनमै समेटियो । उसका लागि उसमान खवाजाले ३८ रन बनाए पनि जित सुनिश्चित गर्न सकेनन् । न्यूजिल्याण्का लागि मिचेल म्याक्लेङ्गनले ३ तथा मिचेल सन्टर्नलले २ विकेट लिए । म्याक्लेङ्गन नै खेलको म्यान अफ द म्याच भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ