आमिरले गरे सर्वसाधरणको जस्तो यात्रा, सोधियो- एक फिल्म फ्लप हुँदैमा यस्तो हालत ?
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
390
Shares
काठमाडौं । आमिर खान आगामी चलचित्र 'लाल सिंह चड्ढा' को सुटिङमा जुटेका छन् । हालै उनले एक विमानको इकोनमी क्लासमा यात्रा गरेका छन् । समाजिक सञ्जालमा आमिर इकोनमी क्लासमा बसेको भिडियो भाइरल भएको छ। भिडियो सार्वजनीक भएसँगै दर्शकले ट्रोल गरेका छन् ।
केहि मानिसहरुले आमिर खानको सो यात्रालाई प्रचार स्टन्ट भनेका छन् । एक प्रयोगकर्ताले लेखे, 'सादगी होइन पब्लिसिटी' । अर्का प्रयोगकर्ताले लेखे , 'यो ठग्स अफ हिन्दोस्तान' फ्लप हुनुको असर हो ।
त्यस्तै अर्काले , ' ठग्स... को प्रभाव । यदि आगामी चलचित्र फ्लप भए शायद अभिनेता सडकमा भीख माग्दै देखिनेछन्।'
साथै केहि दर्शकहरुले भने यसलाई केहि अनौठो मान्नु नपर्ने बताएका छन् उनिहरु सोध्छन्, 'मानिसहरुले यसलाई यति ठुलो बिषय किन बनाए ।'
सन् २०१८ मा रिलिज भएको आमिरको चलचित्र 'ठग्स अफ हिन्दोस्तान' नराम्रोसँग फ्लप भएको थियो । आमिरले चलचित्र फ्लप हुनुको जिम्मेवारी आफैले लिएका थिए । उनको आगामी चलचित्र लाल सिंह चड्ढा हो ।
चलचित्र सन्न १९९४ मा रिलिज भएको टम ह्याक्सको हलिउड ब्लकबस्टर 'फोरेष्ट गम्प' को रीमेक हो । फिल्मको सुटिङ शुरू भएको छ । हालै आमिर कांगडाको गाँउमा पुगेका थिए । जहां उनले आफ्नो चलचित्रको शूटिंगका लागि साइट खोजे । करीब १० मिनटसम्म आमिर यहां बसेर केहि सर्वसाधरण र प्रशंसकहरुसँग तस्विर खिचाए ।
आमिर साधारण पोशाकमा पालमपुर पनि पुगेका थिए । धेरै मानिसहरुले आमिरलाई चिनेन् । तर केहिले भने देख्ने वित्तिकै चिने । सो अवसरमा आमिरले प्रशंसहरुकलाई उदास बनाएनन् । आमिर खान धर्मशालाको नौरबलिंगामा रहेको होटल ब्लाजममा बसे भने सादा खाना खाएका थिए ।