arrow

प्लस टुहरुले अनलाइनबाट नै अध्यापन गर्न थाले

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
Satsom.jpg

काठमाडौं। डाक्टर, ईन्जिनियर लगायत अन्य बिभिन्न प्राविधिक अनि दक्षताको क्षेत्रमा जाने बिद्यार्थीहरुलाई बिभिन्न कलेजहरुले अनलाइन शिक्षा दिन थालेसगै सहज भएको छ। यस अनलाइन शिक्षाले प्लस २ सकेका र त्यसपछि  मेडिकल, ईन्जिनियरिङ लगायत थुप्रै बिषयको प्रवेश  परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई सघाँउपुर्याउने बताइएका छ।

अहिलेको परिवर्तित परिपेक्ष्यमा हुने अधिकांश बिश्वस्तरीय कलेज र कोर्सका अनलाईन मार्फत पढाई हुन थालेको छ। यस क्रममा नेपाली कलेजहरुले अनलाईनबाट अध्यापनको साथै प्रविधिमैत्री शिक्षण पद्धतिको समेत अपनाउन थालेका छन्।

आगामी दिनहरुमा आईओई, आईओएम लगायतका प्रवेश परीक्षाहरुपनि अनलाईनबाट नै सुरु हुने देखिन्छ। बिभिन्न बिदेशी परीक्षाहरु जस्तै आइएल्टस, स्याट, टफल, भारतको नीट यूजी र पीजी, एमसीआई लगायतका प्रवेश परीक्षाहरु अनलाइनबाट नै पढाउन थालिसकिएको छ।

यी र यस्तै प्रयोजनको लागि काठमाण्डौं कालीमाटीको काठमाण्डौं कलेज अफ सेन्ट्रल स्टेटले भर्खरै आफ्नो प्लस २ साइन्सका बिधार्थीका लागि अनलाइन सिस्टम सुरु गरेको छ। उक्त अनलाइन सिस्टमको सहकार्यबाट कलेज अफ सेन्ट्रल स्टेट ले स्याटसम - SATSOM नामक प्रविधी र डिजीटल पाठ्यक्रम सामाग्री उत्पादक सुरु गरेको बताइएको छ।

स्याटसम सस्क्राइव  गर्ने बिधार्थीहरुले घरमा नै बसी प्राक्टिस टेस्ट गर्न  सक्ने बताइएको छ।  कठिन लागेका प्रश्न स्याटसम सस्क्राइव गरेका साथीभाइ तथा शिक्षक बीच  छलफल गरेर समाधान खोज्न सक्ने छन्। आफुले कति पढेको छु र कति पढ्न बाकि छ भनेर छुट्याउन सक्नेछन् । सम्पूर्ण बिषयका नोटहरु अनलाइनबाट हेर्न सकिने सुबिधाको साथै एमबीबीएस र ईन्जिनियरिङका प्रवेश परीक्षाका मक जाँच र पुराना प्रश्नपत्रहरु हेर्न र जाँच दिन सक्ने सुबिधा रहेको जनाइएको छ ।

यसो गर्दा तत्कालै रिपोर्ट थाहा हुने, आफ्नो प्रवेश परीक्षामा नाम निस्कनसक्ने संभाव्यता लगायत अन्य बिभिन्न कुराहरुमा सहयोग हुने बताइन्छ। संभवत यो नेपालमै पहिलो पूर्ण अनलाइन पोर्टल हो भनी कलेजका चिफ रमेश घिमीरेले बताए। नेपालको शैक्षिक प्रणालीमा यसरी कलेजहरुको अनलाइन मोह र डिजीटल आवश्यक्ताले गर्दा आँउदा पुस्तालाई पठनपाठन सहजता हुने अनुमान लगाउन भने सकिन्छ।

कलेजले नेपालभरिका प्लस २ साइन्स कलेजको अनलाइन नेटवर्कका रुपमा काठमाण्डौ भित्र र बाहिरका कलेजहरुको सदस्यता थप्ने क्रममा रहेको बताइन्छ। स्याटसम मार्फत् पढेर टप गर्ने बिधार्थीलाइ चाइनाको जियान प्रान्तमा ईन्जिनियरिङ अध्ययनको लागि फुलस्कलरशिपको समेत ब्यबस्था गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ