arrow

जब भए अमिताभ बच्चन र रेखा आमने सामने

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
amitab-rekha.jpg

काठमाडौं । सामान्यतया भारतका महानायक अमिताभ बच्चन र रेखाको सामना फिल्मी अवार्डस् समारोहमा नै हुने गरेको छ । तर, यसपटक एक रियालिटी शोमा आमनेसामने आएका छन् ।

वास्तविक अमिताभ भने रियालिटी शो मा गएका थिएनन् । एक बच्चाले अमिताभको रुप धारणा गरेका थिए । रेखा कलर्सको सिंगिङ रियालिटी स्टार ३ मा सामेल भएकी थिइन् । यो विशेष एपिसोड रेखाको सलाम ए रेखा नामलाई डेडिकेट गरिएको थियो ।

शोमा रेखाले गीत गाउनुका साथै नृत्य पनि प्रस्तुत गरेकी थिइन् । शोमा अमिताभ बच्चनको चर्चा भए पछि स्टेजमा प्रस्तुतीका आएका तीनजनाले सबैको ध्यान आकर्षित गरेको थियो ।

स्टेजमा आएकामध्ये चेतन वृजवासीले अमिताभको गेटअप गरेका थिए । चेतन वृजवासीलाई रेखाले तपाइँ को बनेर आउनुभएको भनेर प्रश्न गरेकी थिइन् । जवाफमा बृजवासीले ‘म अमिताभ बच्चन बनेर आएको हुँ’ भनेरसँगै रेखा केही लजाएकी थिइन् ।

उनले केही भन्नका लागि माइक हातमा लिएकी थिइन् तर सकिनन् । अमिताभको चर्चा भएसँगै रेखाको मुहारको चमक नै फरक हुने गर्छ । शोमा उनले बच्चाहरुसँग निकै रमाइलो पनि गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ