पुथ्वीको नजिकैबाट गयो धुम्रकेतु थेचर, जसकारण झरे प्रतिघण्टा २० उल्का पिण्ड
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
1.3k
Shares
काठमाडौं । लिरिड्स मोटियोर शावर नामक खगोलीय घटनाको कारण मंगलवार र बुधवार राति आकाशमा उल्का पिण्ड वर्षा भएको छ । उक्त दुई रात आतिशबाजीको झल्को दिने गरी उक्त पिण्डको वर्षा भएको थियो ।
धुम्रकेतु पृथ्वीको नजिकै बाट गएसँगै उक्त दुई रात १ देखि ४ बजेभित्र प्रतिघण्टा २० उल्कापिण्ड खसेका थिए ।
यो घटना धुम्रकेतु सी-१८६१ जी१ थेचर पृथ्वीको नजिकैबाट जाँदा हुने घर्षणको कारण भएको हो । यस वर्ष यस किसिमका १० घटना हुनेछन् । यसलाई फरक फरक नाम दिइएको छ ।
लिरिड्स गत जनवरी ४ मा भएको क्वाडरेन्टाइडपछिको दोस्रो घटना हो । अब ५ देखि ६ को राति १ देखि ४ बजेको बीचमा एक्वारिड्स मेटियोर शावर नामक यस्तै खगोलीय घटना हुनेछ ।