arrow

२ बर्षदेखिको सम्बन्ध तोड्दै श्रुति हासनले गरिन् 'ब्रेकअप'

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
sruti.jpg

काठमाडौं । भारतीय अभिनेता कमल हासनकी छोरी श्रुति हासनको ब्रेकअपले चर्चा पाएको छ । २ बर्षदेखि सम्बन्धमा रहेका  श्रुति हासन र इटालियन प्रमि माइकल कोरसेलबीच ब्रेकअप भएको हो ।

योसँगै श्रुतिका फ्यानहरुले दु:ख जताएका छन् । दुवैविच केहि महिना भित्रै विवाह हुने समाचार बाहिरिएको थियो । जनवरीमा दुवै एकै साथ दिखिएका थिए यस्तोमा ब्रेकअपको  खबरले अचम्म तुल्याएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुवैले लगभग १ महिना पहिले आपसी सहमतिमा सम्बन्ध तोडेका हुन् । उनीहरुको बीच कुनै प्रकारको मनमुटाव छैन । ब्रेकअपपछि पनि दुवै साथी रहनेछन् ।  तर ब्रेकअपको खबर माथि श्रुतिको तर्फबाट अहिले कुनै प्रतिक्रिया आएको छैन ।

ब्रेकअपपछि श्रुतिले माइकलसँगको केहि पोस्ट इन्स्टाग्रामबाट हटाएकी छन् । दुवैको पहिलो भेट एक साथी मार्फत लण्डनमा भएको थियो । पछि माइकल कमल हासनलाई भेटन भारत पनि आएका थिए । उनि  कमल हासनको चलचित्र 'विश्वरूपम २' मा रूसी ट्ठेनीकको भूमिकामा पनि देखिएका थिए ।

हालै श्रुतिलाई आफ्नो अभिनेताबाट नेता बनेका बुवा कमल हासनसँग मतदान गर्दै गरेको देखिएको थियो ।कमल हासन  मक्कल निधि मैयम (एमएनएम) का संस्थापक हुन् ।

श्रुतिको धेरै फ्यान रहेका छन् ।  उनी मल्टीट्यालेन्ट छिन् । अभिनय र लेखन बाहेक उनी गीत पनि राम्रो गाउँछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ