arrow

बिभिन्न प्रदेशमा 'आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला' आयोजना हुदै

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
Startup_Mela.jpg

काठमाडौं ।  नेपालको सूचना प्रविधि क्षेत्रको सबैभदा प्रतिष्ठित र ठूलो अवार्डको रुपमा चिनिएको ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारी स्वरुप देशका विभिन्न स्थानमा आइीसटी स्टार्टअप एण्ड इनोभेसन मेलाको आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको प्रि इभेन्ट क्यापियनको रुपमा बिराटनगर, बुटवल र नारायणगण्मा स्टार्टअप मेला आयोजना हुन लागेको हो ।

बैशाख २७ र २८ गते बिराटनगर स्थित होटल स्टर्न स्टारमा, जेष्ठ १० र ११ गते बुटवल र जेष्ठ १७ र १८ गते नारायणगणमा स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुने आयोजकले जनाएको छ । मेलमा स्थानिय स्टार्टअप आइटी कम्पनी, नयाँ आइटी प्रडक्ट, विद्यार्थीका आइटी प्रोजेक्टहरु र आइटी शिक्षासम्वन्धी स्टलहरु रहनेछन । कार्यक्रममा नयाँ प्रविधि र ट्रेन्ड्स र उद्यमशिलता सम्वन्धी कन्फ्रेन्स समेत सञ्चालन हुने छ । मेलाका उत्कृस्ट स्टार्टअप र प्रडक्टलाइ बिसेष पुरस्कार तथा थप लगानीको आबश्यक भएमा सहयोग गरिने बताइएको छ ।

स्थानिय स्तरमा स्टार्टअप र विद्यार्थीलाई उपयुक्त प्लाटफर्म सृजना गर्ने र उत्कृष्टलाई राष्ट्रिय स्तरमा प्रवद्धन र सम्मान गर्ने उदेश्यले मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक राजन लम्सालले बताए । काठमाण्डौ वाहिर यस प्रकारको कार्यक्रम पहिलोपटक सञ्चालन भइरहेको र यसले स्थानिय स्तरका स्टार्टअप, उद्यमी र इनोभेसनलाई प्रवद्धन गर्दै सम्भावना र अवसर सृजना गर्न सहयोग पुर्याउने उनले बताए ।

मेलामा बढिमा ५० स्टलहरु रहनेछन भने छुट्टै हलमा वकर्सप  कन्फ्रेन्स सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन www.booking.ictaward.org मा गएर रजिस्ट्रेसन गर्नुपर्नेछ । स्टार्टअप र विद्यार्थीका प्रोजेक्टहरुलाई विशेष सहुलियतमा स्टल उपलब्ध गराइएको छ भने प्रवेश निशुल्क राखिएको छ । कन्फ्रेन्समा सहभागि हुन केहि रकम बुझाउनुपर्ने आयोजकले जानकारी दिएको छ ।

यस वर्षको आइसिटी अवार्डको अनलाइन नोमिनेशन जेठ १ गतेदेखि २५ गतेसम्म खुल्ने जानकारी जानकारी दिएको छ । चौथो संस्करणको रुपमा आयोजना हुन लागेको आइसिटी अवार्ड २०१९ मा यस पटक विभिन्न ९ विधामा अवार्ड सञ्चालन हुनेछ । अवार्डको ग्राण्ड फिनाले साउन ३२ गते काठमाण्डौमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ