arrow

कस्तो छ सनी र हेमाबिचको सम्बन्ध

logo
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
sunny-hema-dharmedra.jpg

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका बलिउड अभिनेता सनी देवललाई भाजापाकै सांसद तथा आमा हेमा मालिनीले सहयोग नगर्ने भएसँगै दुवैबिचको सम्बन्धलाई लिएर चर्चाा सुरु भएको छ ।

 भाजपाका अध्यक्ष अमित शाहको प्रस्तावमा भाजपाका उम्मेदवार बनेका सनी देवलको चुनावी प्रचार सुरु हुनुपुर्व हेमा मालिनी बाहिर निस्किएकी छन्  ।

भाजपाको टिकटबाट मथुरा संसदीय सीटमा चुनाव लडेकी हेमा मालिनी चुनाव थकान मेटाउन भन्दै गोवा पुगिन् ।  उनि एक विशेष आयुर्वेदिक स्पामा आराम गर्न र  अभिनेता धर्मेन्द्रका जेठा छोरा सनी देवलको चुनावी प्रचारमा नदेखिन त्यहाँ पुगेको बताइन्छ ।

 सन् १९८० मा हेमा मालिनीको धर्मेन्द्रसँग विवाह तनावका बिच भएको थियो । धर्मेन्द्रले हेमासँग विवाह आफ्नो जेठी श्रीमति प्काश कौरकी छोरीको विवाह भइसकेपछि गरेका थिए । सो समय सनी देवल बलिउडमा पाइला राख्ने तयारीमा थिए ।

हेमा मालिनी र धर्मेन्द्र दुवैका परिवार यस विवाहको विरुद्धमा थिए । सनी देवल त पिताको यो कदमलाई लिएर निकै दुखि बने । तर धर्मेन्द्रले अन्ततः विवाह गरेरै छाडे ।

देवल परिवारमा प्काश कौर र हेमा मालिनी बिचको सम्बन्ध त चिसिने नै भयो ।  साथै जेठीका छोराहरु सनी, बबी देवल र हेमा मालिनीका छोरीहरु इशा, अहानाबीचको  सम्बन्ध पनि असामान्य बन्यो । अहिलेसम्म यी दुई भाइले आफ्नी सौतेली आमाका विषयमा पनि खुलेर कुरा गरेका छैनन् ।

शुक्रबार हेमा मालीनिले सनी र बबी देवलसँग आफ्नो सम्बन्ध सुमुधुर र सौहार्दपूर्ण रहेको बताएकी छन् । हेमा मालीनिलेले आफ्नो जीवनीमा आधारित पुस्तक 'बियोन्ड ड्रिम गर्ल' मा  सो घटनालाई समावेश गरेको खुलासा गरेकी छन् ।

उनले धर्मेन्द्रसँग विवाहपछि आफ्नो परिवार सनी र बबीबारे सार्वजनिक रूपमा पहिलो पटक बोलेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ