arrow

प्रेमिकालाई फिल्म देखाउन प्रेमीको यस्तो सर्त

logo
प्रकाशित २०७६ वैशाख १४ शनिबार
premi.jpg

काठमाडौं । प्रेममा मान्छे पागल हुन्छ भन्छन् । आकाशका तारा झारिदिने आश्वासन दिन्छन् । 

तर बेलायतको लंडनका एक प्रेमीले भने फिल्म देखाउन प्रेमिकालाई लैजान गज्जबको सर्त राखेका छन् । 

साइरिल सोकपोरले आफ्नी प्रेमिका क्यामिला रोजमाथि नियम बनाएका हुन् । साकपोरले भनेका छन् – फिल्म हेर्ने समयमा न त तिमीले केही खाने छौ न त केही पिउने छौ । पपकर्नका लागि पनि म लाइनमा बस्ने छैन । 

कैमिला रोज।

क्यामिलाले प्रेमीको उक्त सर्तलाई सामाजिक संजालमा पोष्ट गरेपछि सार्वजनिक भएको हो । 

साइरिलले बनाएको यो नियमको प्रशंसा पनि गरिएको छ । साइरिल र क्यामिला एभेन्जर्सः एन्ड गेम फिल्म हेर्न गएका थिए । क्यामिलाको १८ महिनाको बच्क्चा पनि छ । 

Rules

फिल्म हेर्न उनले चार वटा नियम नै बनाएका छन् । फिल्म हेर्दा केही खान नपाइने तर पानी पिउन सक्ने उल्लेख छ । 

फिल्म वा ट्रेलरका समयमा बोल्न पनि नपाइने नियम उनले लगाएका छन् । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ