arrow

दार्चुलामा नेकपा छोडेर ८० जना नेपाली कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
darchula-congress-pravesh-badu.jpg

दार्चुला । पछिल्लो समय दार्चुलामा नेपाली कांग्रेसमा प्रवेशको लहर बढेको छ ।  शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा शनिबार एकै वडाका ८० जनाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०परित्याग गरि  नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन्। 

जिल्ला भ्रमणको क्रममा गृहजिल्ला दार्चुलामा रहेका नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले काडापारीमा आयेजित कार्यकर्ता भेटघाट कार्यक्रममा ८० जनालाई एक साथ नेपाली कांग्रेसमा प्रवेश गराएको नेपाली कांग्रेस शैल्यशिखर नगर कार्यसमितकिा सभापति मोहन साउदले बताए। 

नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा शैल्यशिखर नगरपालिका ४ कांडापारीका स्थानीय नेकपाका नेता कृष्ण बोहरा र दलित अगुवा शंकर महरको नेतृत्वमा एकै वडाका ८०जनालाई पार्टीमा प्रवेश सहित नेपाली कांग्रेसको साधारण सदस्यता दिईएको नेपाल तरुण दल  शैल्यशिखर नगर अध्यक्ष सुरेश विष्टले बताए । नवप्रवेशी युवाहरुलाई नगर तरुण दलमा समेत समावेश गरिएको छ । 

सरकारको कार्यशैलीका कारण देशभरी कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको  नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले बताए। बर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकोले सत्ताधारी पार्टीप्रति जनतामा वितृष्णा पैदा भएको छ, नेता बडुले भने, अब यस स्थानको विकासको जिम्मा नेपाली कांग्रेसको हो, यस वडामा गर्नुपर्ने सम्पुर्ण विकास स्थानीय तहबाट तत्काल सुरुवात गरिने छ। 

नव प्रवेशीहरुलाई स्वागत गर्दै सवै अटाउने पार्टी नेपाली कांग्रेसमा सवैलाई उचित जिम्मेवारी समेत प्रदान गरी अबको दिनमा कांडापारीको विकासको लागी नेपाली कांग्रेसको पहिलो प्राथमिकतामा  राखेर नगरपालिकाबाट कार्यक्रम संचालन गरिने नेपाली कांग्रेस दार्चुलाका सभापती ललित सिह बोहराले बताए । 

लामो समय कम्युनिष्ट पार्टीमा रहेका काडांपारीका जनताले कम्युनिष्टको दुई तिहाई सरकार हुदा समेत आफनो गांउको आधारभुत आवश्यकता खानेपानी, बाटो, विद्युत, विद्यालय, स्वास्थ्यमा सुधारको लागी कुनै पहल नगरेकोले सोही पार्टीमा बसिरहन नसकि नेपाली कांगेसमा प्रवेश गरेको नवप्रवेशी कृष्ण  बोहराले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ