arrow

स्पेनिश लिगको उपाधि बार्सिलोनालाई, मेस्सीको कीर्तिमान

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
messi39.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको खेलमा लेभान्तेलाई १–० गोल अन्तरले पराजित गदै बार्सिलोनाले उपाधि चुमेको हो । 

The Catalan giants clinched their eighth La Liga title in 11 years and 26th overall on Saturday

बार्सिलोनाले तीन खेलअघि नै गोल गर्ने क्रममा नायक फेरि लियोनल मेस्सी नै बनेका छन् । नोउ क्याम्पको घरेलु मैदानमा बार्सिलानालाई जिताउन मेस्सीले ६२ औँ मिनेटमा गोल गरेका हुन् । 

Barca have unassailable nine-point lead due to superior head-to-head record in La Liga

खेल जित्न बार्सिलोनाले घरेलु मैदानमा ९१९१७ दर्शकको बीचमा निकै संघर्ष गरेको देखियो । मेस्सी दोस्रो हाफमा मात्र मैदानमा छिरेका थिए । 

Messi took just 17 minutes to break the deadlock after coming on as a substitute

बार्सिलोनाका खेलाडीहरुको १६ औं प्रयासमा मात्र गोल भएको हो । 

Messi skipped past two defenders before slotting the past the goalkeeper in the 62nd minute

यो उपाधि बार्सिलोनाले २६ औँ पटक जितेको हो । ला लिगा इतिहासमा सबैभन्दा बढी रियाल मड्रिडले ३३ पटक जितेको छ ।

His 24th goal as a substitute took his tally to 46 in 45 appearances for Barca this season

मेस्सीले बार्सिलोनाबाट यस्तो राखे कीर्तिमान 
बार्सिलोनाले पछिल्लो ११ वर्षमा ८ वटा उपाधि जितेको छ । त्यसमा मेस्सीको नाममा १० औँ उपाधि रहेको छ । यो उनको नाममा बनेको कीर्तिमान हो । 

Messi started on the bench ahead of Wednesday's Champions League tie against Liverpool

मेस्सीले यो सिजनमा ला लिगामा ३४ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोलकर्ता पनि हुन् । 

शनिबार रातिका अन्य खेलहरु 
एथ्लेटिको मड्रिड१–० ले रियाल भल्लाडोलिड 
एथलेटिको बिलबाओ १–१ डेपोर्टिभो एलाभेस
लेगनेस ०–० सेल्टा भिगो ।

अंक तालिका

बार्सिलोनाको ३५ खेलबाट ८३ अंक भएको छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ७४ अंक छ । तेस्रो स्थानको रियाल मड्रिडको ६५ अंक छ ।

चौथो स्थानको गेटाफेको ५५, पाँचौं स्थानको सेभियाको ५५ र छैटौं स्थानको भ्यालेन्सियाको ५२ अंक छ । 

गिरोना, हुएस्का र रायो भाएकानो रेलिगेशन क्षेत्रमा रहे पनि अहिलेसम्म रेलिगेशनमा पर्ने टिमको टुंगो लागेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ