arrow

गाउँपालिका अध्यक्षले १८ बर्ष अघि हराएका कालेलाई पुर्‍याए घर

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ वैशाख १५ आइतबार
photo_bapattya_rolpa_(1).jpg

रोल्पा । सशस्त्र द्वन्दका बेला परिवारबाट बिछोडिएका रोल्पाको माडी गाउँपालिका १ जवाङ्ग घर भएका २६ बर्षिया प्रताप सिंह घर्ती(काले) १८ बर्षपछि घर फर्किएसँगै परिवारमा खुशी छाएको छ । २०७५ सालमा दिदि सँगै घरबाट माओबादी सँग हिडेकाका घर्ती घरमा आएपछि परिवारमा खुशी छाएको हो ।

 खप्तड छान्ना गाउँपालिका ४ पसलबगरमा गाउँपालिकाको भवन निर्माण  भेटिएका घर्तीले गाउँपाउपालिका अध्यक्ष बर्क रोकायालाई घर पत्ता लगाई दिन आग्रह गरेका थिए । गाउँपालिका अध्यक्ष रोकायाले रोल्पाका राजनितिक दल पत्रकार र जनप्रतिनिधीहरु सँग समन्वय गरि उनको घर पत्ता लागेको थियो ।

सशस्त्र द्वन्द दिएको घाउ बोकेका परिवारबाट बिछोडिएका उनलाई खप्तड छान्ना गाउँपालिका अध्यक्ष रोकायाको टोलीले रोल्पाको जेवाङ्ग आएर परिवार लाई बुझाए पछि घर्तीका गाउँले चकित परेका छन् ।

कालेका बुवा खलबिर घर्तीले भने , 'जिवीत होला भन्ने आसा थिएन् , रात दिन कुल देबतालाई प्रर्थाना गरि रहेको थिए ।' उनले आँखा भरि आशु झार्दै भने , ‘२०५५ सालमा कालेकी आमा गाउँकै अर्कै ब्यक्तिसँग पोईल गएपछि परिवारमा बिचल्ली आएको थियो  । छोरा छोरी साना भए लालन पालन गर्न समस्या थियो । मजदुरी गरेर चार वटा छोराछेरी पाल्नु पर्ने त्यसैमा गाउँमा नेपाली सेना र माओबादीबाट हामी दोहोरो मारमा परेका थियौ' उनले भने । ‘आमा पोईल गएपछि जेठी छोरी पनि माओबादीसँग भागेर हिडेपछि तीनवटै छोराहरु समेत घर छोडेर भागे । जेठो र कान्छो छोरो घर फर्किए तर माईलो छोरा प्रताप सिंह घर्ती(काले) बेपत्ता भयो । धेरै ठाँउ खोजी गरियो कहि कतै पनि भेट नभएपछि जिबितै होला भन्ने आस समेत मरेको थियौ' घर्तीले भने ।
   
 ७ बर्षको उमेरमा दिदिसँगै घर छोडेर हिडेका कालेलाई आफ्नो घर रोल्पा भन्ने बाहेक अरु केहि पनि  थाहा थिएन् ।  दिदिकोपछि लागेर हिडेका उनलाई कुन घुम्तीमा दिदिसँग बिछोड भयो त्यो पनि जानकारी छैन । उनले भने  ‘सानोमा घरमा काले भन्थे , खोलाको छेउँमा घर थियो ,अलि माथि स्कुल छ । उनको नाम मनमाया हो । एउटा भाई छ । उसको नाम तुफान सिहं हो र गाउँ नजिकै चिउराघाट खोला छ भन्ने बाहेक अरु केही थाहाँ नभएको सुनाए ।

उनले भने,' दिदि घरमा हतियार बोकेर आउनुहुन्थ्यो, बुवा पनी कहिल्यै  कतै कहिले कतै जानुहुन्थ्यो , घरमा खानलाई केही पनि हुन्थेन ।  मलाई मओबादीले पिटेर तेरो दिदि मरि सक्यो भनेपछि आफु भागेर कहाँ पुगे भन्नेबारे कुनै जानकारी नभएको र पछि कैलालीको चौधरीगाउँमा रहेको थहाँ पाए ।'

रोल्पाबाट माओबादीले दाङ ल्याएको उनलाई अलि अलि सम्झना छ । त्यसपछि बिचमा भागेर गाडीमा कैलाली पुगेको र बिचमा घेरै दुख पाएको अनुभूती सुनाउन्छन् । कहिले स्कूलमा बास हुन्थ्यो, खान नपाएमा के खाने भन्ने चिन्ता हुन्थ्यो , कसैले केरा खाई रहेको भए बोक्राहरु कता फाल्छन् हेरिरहन्थे र त्यहीबाट उठाएर खान्थे ।

कालुले आँखाँ रसाउदै भने, 'धेरैले मलाई पाल्छु र तेरो घर पुर्याई दिन्छु भने तर कसैले पुर्याई दिएनन् । मेरो लागि गाउँपालिका अध्यक्ष बर्क रोकाया भगवान हुन्  ।' कैलालीका चौधरी मजदुरी गरि रहेकाहरुसँग भेट भएपछि निरन्तर १८ बर्षदेखि ती मजदुरहरु सँगै मजदुरी गरि रहेका थिए । आमा पोईल गएपछि बिचल्ली बनेको घर्ती परिवारमा खुशी समेत छाएको छ ।

कालेका बाल्यकालका साथी कमल पुनले भने , 'काले र म दुई कक्षामा पढ्थ्यौ र ७ बर्षको हुदा बेपत्ता भएको उसलाई सम्झना छ । कालेको अनुहार  त पहिल्यै जस्तै छ । घर्तीगाउँमा ब्यापार गरि रहेका उनका साथीले भने म  कालेलाई काम दिन्छु , हामी मिलेर ब्यार गर्छौ ।'

बाल्यकालमा हराएको छोरा १८ बर्षपछि जवान भई घरमा पुगेपछि कालेको गाउँमा नै खुसीको बहार आएको छ ।  खप्तडछन्ना अध्यक्ष बर्क बहादुर रोकायाले भने ‘रोल्पामा बिभिन्न निकायसँग समन्वय गरेर बल्ल आठौ दिनमा घर पत्ता लगायौ ।' उनले भने , कालेको घरको अबस्था एकदमै दयनिय भएको भन्ने खबरले हामीले रोल्पामा उनको घर पुगेर जिम्मा लगाएका छौ,  अब उ परिवारसँगै बस्छ ।

अध्यक्ष रोकायाले भने, ‘हामी यस्तो पिडा हामीलाई भयो भने के हुन्थ्यो होला ? १८ बर्षदेखि बेपत्तालाई उद्धार गरि उसको परिवारको जिम्मा लगाएका छौ’ । उनले थपे,  मानवीय घर्म हो , हामीले उसको आँखामा खुसी देखेका छौ ।'
 
 रोल्पाको माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले भने, 'यो मानवीय कार्य हो । यसका लागी सबैले आफ्नो ठाउँ बाट खोजी गर्न पहल गरेर यो सम्भव भएको छ ।' उनले बझाङ्गबाट परिवार लाई बुझाउन आएको टोलीलाई धन्यबाद समेत दिए। 

यो पनि पढ्नुहोस् 

५ बर्षको उमेरमा बेपत्ता भएका युवा आफन्तको खोजीमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ