arrow

सोमबारको स‌ंसद शोक प्रस्ताव पारितमै सीमित हुने, काँग्रेसका ३ पूर्वसांसदको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
Parliament_building.png

काठमाडौं । सोमबार संघीय संसदको दुबै सभाको अधिवेशन सुरु हुँदैछ । सोमबार अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको चौथो अधिवेशन सुरु हुन लागेको संसद सचिवालयले जनाएको छ । 

गत चैत १० गते सकिएको हिउँदे अधिवेशनको १ महिना ६ दिन पछि बर्खे अधिवेशनको आह्वान गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरिएको हो । 

संसद सचिवालयले दिएको जानकारी अनुसार सोमबारको संसद बैंठक पूर्व सांसदहरुको शोक सभा मनाउँदै सकिने सम्भावना रहेको छ । संघीय संसदले जारी गरेको सम्भावित कार्यसूची अनुसार सबैभन्दा पहिले राष्ट्रिय सभाका अध्यक्षले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउने छन् । त्यसपछि पूर्व सांसदहरु दिवाकर गोल्छा, रुद्रमणि शर्मा भण्डारी र रामकृष्ण ताम्राकारको निधनप्रति शोक ब्यक्त गर्ने कार्यसूची रहेको छ । 

तत्कालीन नेपाली काँग्रेसबाट सांसद बनेका गोल्छाको ६७ वर्षको उमेरमा चैत २६ गते निधन भएको थियो । उनी २०६४ को संविधानसभाका सदस्य थिए । त्यस्तै २०४८ सालको आम निर्वाचनमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद भण्डारीको ७३ वर्षको उमेरमा चैत २८ गते निधन भएको थियो।  भने २०४८ साल र २०५६ सालको आम निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका ताम्राकारको ७५ वर्षको उमेरमा बैशाख १० गते निधन भएको थियो । भण्डारी र ताम्राकार पनि दुबैजना काँग्रेसका सांसदहरु हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ