arrow

‘एभेन्जर्स एण्डगेम’ ले भारतमा मच्चायो धमाका

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
avengers-endgame-.jpg

काठमाडौं । हलिउड चलचित्र ‘एभेन्जर्स एण्डगेम’ ले भारतको बक्स अफिसमा धमाका मच्चाएको छ । ‘एभेन्जर्स एण्डगेम’ ले पहिलो दिन ५३ करोडको ओपनिङ गरेको छ जुन भारतीय चलचित्र उद्योगमै सबैभन्दा ज्यादा ओपनिङको रेकर्ड हो । साथै दोस्रो दिन पनि चलचित्र जबरदस्त कमाई गरेको छ ।

 चलचित्रले रिलिजको दिन शुक्रबार ५३ करोड कमाइ गरेको छ । त्यस्तै दोस्रो दिन ५१.३० करोड बटुल्यो । दुई दिनमै चलचित्रले १०४.५० करोड पुर्‍याएको छ । जुन ऐतिहासिक हो । ‘एभेन्जर्स एण्डगेम’ ले दुई दिनमा १२४  करोड  ४०  लाख भारतीय रूपैयाँ ग्रोस कलेक्शन गरेको छ ।

चलचित्र भारतमा २८४५ स्क्रिनमा  रिलिज भएको छ । साथै भारतीय चलचित्रले ४००० स्क्रिनमा नपाउने सफलता पाएको छ ।

एभेन्जर्स एण्डगेम भारतमा अंग्रेजी भाषाका साथै हिन्दी, तमिल र तेलगु भाषामा रिलिज भएको छ। चलचित्र सर्वाधिक कमाउने चलचित्र अवतार नजिक पुग्ने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ