arrow

हिनताबोध त्यागेर लक्ष्यमा जुट्न विद्यार्थीलाई विनोद चौधरीको सुझाव

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
binod-chaudhary-tu-1.jpg

काठमाडौं। चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन्। आईतबार त्रिभूवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिब सात सय विद्यार्थीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयबाट विदाई हुनु अगाडि नै आफ्नो भविष्यको गन्तव्य तय गर्न पनि उनीहरूलाई सुझाव दिए।

‘आजको विश्व ३० बर्षभन्दा कम उमेरका युवाका लागि सबैभन्दा महत्वपूर्ण रहेको छ। सूचना प्रविधिका क्षेत्रमा जति पनि उपलब्धी हासिल भएका छन् सबै यहि उमेरका युवाहरुको देन छ’ अध्यक्ष चौधरीले भने, 'यो हलमा रहनु भएका विद्यार्थीहरूका लागि यस्ता प्रसस्त अवसर छन्।’

सफलताका लागि थ्रि एस अर्थात स्किल, स्केल र स्पिडको आवस्यकता पर्ने सुत्र दिनु हुदै अध्यक्ष चौधरीले भने– 'तपाईहरूको विश्वविद्यालयको अध्ययन त्यहि स्किल हासिल गर्नका लागि हुनुपर्छ। यहाँ प्राप्त गरेको स्किललाई वृहत स्केलमा कार्यानवयनमा ल्याउन सक्दा मात्रै सफल हुन सकिन्छ। ‘आजको दुनिया“ रफ्तारमा दौडिरहेको छ। तपाईको स्पिडमा दुनियाँ हिड्ने छैन त्यसैले तपाईले दुनियाको स्पिडमा हिड्न सक्नुपर्छ’ अध्यक्ष चौधरीले भने, ‘त्यसका लागि हिनताबोध र कन्फ्युजन त्याग्नुपर्छ ।’

विश्वका नाम चलेका विश्वविद्यालयमा पढ्दैमा मात्रै सफल भईने सोंच सहि नभएको बताउदै उनले भने, ‘मैले पनि त्रिभूवन विश्वविद्यालय मातहतकै क्याम्पसमा अध्ययन गरेको हुँ। यदि त्यस्तो हुन्थ्यो भने म अर्बपति बन्न सम्भव थिएन।’ युक्रेनी युवा जोम कोउमले ह्वाट्सएपमार्फत् प्राप्त गरेको सफलताको उदाहरण प्रस्तुत गर्दै उनले भने– त्रिभूवन विश्वविद्यालयका विद्यार्थीहरूले पनि दुनियाँ हल्लाउने आविष्कार गर्न सक्छन्।  त्यसका लागि सपना देख्नु र सपनालाई पछ्याउनु भने अनिवार्य छ।

‘प्रमाणपत्र एउटा गोरेटोबाट नयाँ राजमार्गलाई जोड्ने पुल अवस्य पनि हो। तर, यो आफैमा सफल जीवनको पर्याय भने होइन। जसले जति राम्रो अंक ल्याएर डिग्रि प्राप्त गर्नु भएको छ तपाई“ले त्यति नै धेरै मेहनत गरेर आफुलाई आफैले प्रमाणित गर्न पनि बाँकी छ।’ उनले भने। 

अध्यक्ष चौधरीले नेपाली युवाका तीनवटा सफलताका स्टोरी पाइला टेक्नोलोजी, फुडमारियो र नेपाली धोवीको बारेमा जानकारी दिदै यस्तै श्रृजनशिल अवधारणाले नेपाली युवाहरूले सफलता हासिल गर्ने बताए। उनले विश्वमा ३० बर्षभन्दा कम उमेरमा अर्बपछि क्लवमा नाम लेखाउन विश्वकै कान्छि अर्बपछि केली जेनर, गुगलका सह सस्थापक सर्गेयी ब्रेन, स्ट्राईपका सस्थापक प्याट्रिक कोलिसन, स्न्यापच्याटका सह–सस्थापक बबी मर्फे र फेसबुकका सस्थापक मार्क जुकरवर्गको सफलताको कथा सुनाउदै एउटा श्रृजनशिल सोंचको कार्यान्वयनबाट संसारको दिशा बदलिने अवस्था रहेको बताए।

आर्टिफिसियल इन्टिलिजेन्सले विश्व हाँक्ने अवस्था आएको छ जसका कारण विश्वमा उच्च दरमा रोजगारी कटौती हुने अवस्था छ। ‘पाईटलविहिन लडाकू विमान, ड्राइभरविहिन गाडी र रोवोटले काम गर्ने वातावरण तयार भएको छ। विश्वमा आएका यि परिवर्तनको प्रभाव नेपालमा पनि पर्नेछ’ चौधरीले भने, 'हामीले पनि एक स्टेप अगाडिका बारेमा सोच्ने समय आईसकेको छ।’ 

नेपाली राजनीतिमा पि२ अर्थात् प्रो पब्लिक पोलिटिक्स र जि२ अर्थात् गूड गभर्नेन्स आवस्यक रहेको बताउनुहुदै चौधरीले त्रिभूवन विश्वविद्यालयले देशलाई प्रधानमन्त्री, मन्त्री र कर्मचारीतन्त्र दिएको र अब पि२ र जि२ कार्यान्वयन गर्ने राजनीतिज्ञ पनि यसै विश्वविद्यालयको हुने विश्वास व्यक्त गरे। उनले विश्वब्यापी ब्राण्ड बनेका वाईवाई, सीजी हस्पिटालिटीको सफलताको कथा पनि विद्यार्थीसंग सेयर गर्नु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ