arrow

आलियाका दाईले परिवारमा गरेका थिए विद्रोह, आज पनि हुदैन बुवा महेश भट्टसँग कुराकानी

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
bhatta-family.jpg

काठमाडौं। अभिनेत्री आलिया भट्ट पछिल्लो समय रणबीर कपूरसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् ।  साथै उनका चलचित्र राजी र गली ब्वाइले राम्रो व्यपार गरेका छन् । चाडै आलिया बुवा महेश भट्टको चलचित्र सडक २ को सुटिङ गर्देछिन् । चलचित्रमा पहिलो पटक आलिया आफ्नो दिदि पूजा भट्टसँग पर्देमा देखिदै छिन् ।  आलिया र पूजा प्राय पार्टी र कार्यक्रममासँगै देखिन्छन् । तर आफ्नो दाईसँग कहिले देखिएका छैनन् ।

आलिया, पूजा र शाहीनको बारेमा महेश भट्ट प्राय कुरा गर्छन् । तर छोराको बिषयमा कुरा गर्दैनन् । महेश भट्टले पहिलो विवाह लोरेन ब्राइटसँग गरेका थिए । विवाहपछि लोरेनले आफ्नो नाम किरण भट्ट राखेकी थिइन् । किरणको दुई सन्तान भए । छोरी पूजा भट्ट र छोरा राहुल भट्ट। पछि महेश भट्ट अभिनेत्री सोनीसँग प्रेममा  रहे । सोनीबाट उनको दुई छोरी भए । शाहीन र आलिया। आलिया भट्ट परिवारको सबैभन्दा कान्छी छोरी हुन् ।

 राहुल भट्ट एक फिटनेस ट्रेनर हुन् । सन् २०१० मा राहुल बिग बोस सीजन ४ मा देखिएका थिए । राहुल कयौ पटक विवादमा आइसकेका छन् । उनको नाम आतंककारी डेविड हेडलीसँग पनि जोडिएको थियो। जसकारण भट्ट परिवारले राहुलसँग दूरी बढाएको थियो । भनिन्छ- सन् २००२ मा पूजा भट्ट अभिनेता रणवीर शौरीसँग सम्बन्धमा थिइन् । सो क्रममा एक दिन राहुल भट्टले रणवीर शौरीलाई कुटपिट गरेका थिए ।

राहुल भट्ट र उनको बुवा महेश भट्ट बीच पनि सम्बन्ध राम्रो छैन । एक अन्तर्वार्तामा उनले आफ्नो बुवामाथि आरोप लगाएका थिए । उनले भनेका थिए  'हामी दुवैको सम्बन्धकम 'इगो' को समस्या छ । म आफ्नै बाटोमका हिड्छु जबकि उहाँ एक सफल व्यक्ति हुन् । कुराकानी नहुनाले भ्रम पनि हुन्छ । मेरो बुवा भगवानमा विश्वास गर्दैनन् तर म गर्छु। म उहाँको सम्मान गर्छु तर मेरो बाटो अलग छ ।'

राहुल भट्टलाई बुवा महेश भट्टले चलचित्रमा सार्वजनीक नगरेकोमा दुख लागेको छैन भनि गरिएको प्रश्नमा उनले भने 'उहाँको आफ्नै कारण छ जसकारण उहाँले मलाई चलचित्रमा सार्वजनीक गर्नुभएन । आखिर उहाँ एक बिजनेसम्यन न हो  । फिल्ममा उहाँले मलाई लन्च नगरेको कारण मलाई चोट पर्‍यो कुनै मानिस मलाई छुन पनि चहादैनन् । अरु निर्माता भन्छन् महेश भट्टले सबैलाई सार्वजनीक गर्छन् तर आफ्नै छोरालाई किन  गर्दैनन्, यो कस्तो रहस्य हो ? उनलाई लाग्छ मैले कुनै गल्ती गरेको छु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ