arrow

नायिका श्वेता खड्कालाई घाँटीको ट्यूमर, चलचित्र खेल्न नसक्ने प्रतिक्रिया

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
sweta-khadka.jpg

काठमाडौं । कलिउड नायिका स्वेता खड्काको गर्धनको शल्यक्रिया भएको छ । घाँटीमा ठूलो ट्युमर देखिएपछि उनको शल्यक्रिया भारतमा भएको हो । 

चलचित्र ‘हेलो जिन्दगी’का लागि लन्डन पुगेको केही दिनमै उस्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी थिइन ।

Image may contain: 1 person, bedroom and indoor

चिउडो मुनीको भाग अत्यधिक दुखेपछि अस्पतालमा पुगेर डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखिएको उनले सामाजिक संजालबाट जानकारी दिएकी छिन् । 

त्यसपछि लन्डनबाट भारतको नयाँ दिल्ली ल्याइएकी उनको डा सुरेन्द्र कुमार दासले शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि उनने  ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा व्यक्त गरेकी छन् ।

Image may contain: 1 person, closeup

उनले फेसबुकमा लेखेकी छन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो । वास्तवमा जिन्दगी अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ ।’

Image may contain: one or more people and closeup

श्वेता ती अभागी पत्नीमा पर्छिन् जसले बिहे गरेको केही दिनमै पतिलाई गुमाएकी थिइन् । उनका पति अभिनेता श्रीकृष्ण श्रेष्ठको बिहेबन्धनमा बाँधिएको केही दिनमै निधन भएको थियो । त्यो रोगबारे समेत उनीहरु अनभिज्ञ थिए । 

त्यसपछि विचलित उनी सामाजिक कार्यमा व्यस्त रहँदै र त्यसपछि चलचित्र क्षेत्रमा लागेर पीडा भुल्दै गइरहेकी थिइन् । 

यस्तो लेखेकी छिन् उनले फेसबुकमा आफ्नाबारे –

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ