arrow

संसद बैठक बस्नु अघि राज्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
karyabyabastha-samiti.jpg

काठमाडौं । प्रतिनिधि सभाको चौथो अधिवेशन सुरु हुँदैछ । सोमबार अपराह्न ४ बजे बस्ने बैठकपूर्व प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । संसद भवन नयाँ वानेश्वरमा दिउँसो साढे १ बजेदेखि बैठक सुरु भएको संसद सचिवालयले जनाएको छ । 

कार्यव्यवस्था समितिको बैठकको निर्णय अनुसार नै संसदमा कस्ता विषयहरुलाई कार्यसूचीमा राख्ने र कस्ता विषयहरुलाई प्राथकिमता दिने भनेर निर्णय गरिन्छ । सो समिति सभामुखको अध्यक्षतामा रहनेछ । समितिमा सभामुख, उपसभामुख, कानून, न्याय तथा संसदीय मामिला मन्त्री र १४ जना सांसद सदस्य छन् । 

अहिलेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको सदस्यमा उमाशंकर अरगरिया (संघीय समाजवादी फोरम), खगराज अधिकारी (नेकपा), जयपुरी घर्ती (नेकपा), दिलेन्द्र प्रसाद बडू (नेका), देवप्रसाद गुरूङ (नेकपा) सदस्य रहेका छन् । त्यस्तै, पवित्रा निरौला खरेल (नेकपा), पार्वता डिसी चौधरी (नेका), पुष्पा भुसाल गौतम (नेका), बालकृष्ण खाँड (नेका), भानुभक्त ढकाल (नेकपा), राजकिशोर यादव (राजपा नेपाल), रामेश्वर राय यादव (नेकपा), रेखा शर्मा (नेकपा) र शान्ता चौधरी (नेकपा) सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ