arrow

निशानेवाजी खेलमा सलमान, भन्छन्– नयाँ छु, अर्कोपटक धेरै अंक ल्याउछु

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
salman4.jpg

काठमाडौं । भारतीय अभिनेता सलमान खानले आइतवार एक निशाना लगाउने खेलमा सहभागिता जनाएका थिए । उनी नेशनल च्याम्पियन्सिप बिग बोर राइफल निशानेबाजीमा भाग लिन पुगेका हुन् ।

 यस क्रममा उनले ६० मिनेटसम्म लगातार ३ सय मिटरको दूरीमा रहेको लक्ष्यमा निशाना लगाएका थिए । सलमानका साथै अन्य ६ प्रतिस्पर्धीले पनि सलमानसँग निशानेबाजी खेल खेलेका थिए ।

उनका एक साथी निशानेबाजले सलमानलेभन्दा बढी अंक ल्याएर उनलाई सुनाएका थिए । सलमानले उनलाई कति वर्षदेखि अभ्यास गर्दै हुनुहुन्छ ? भनी प्रश्न गरेका थिए । जवाफमा उनले ११ वर्षदेखि खेल्दै आएको बताएका थिए । जवाफमा सलमानले अहिले आफू नयाँ रहेको र अर्को पटक धेरै अंक ल्याउने बताएका थिए ।

यो क्रममा उनले सञ्चारकर्मीसँग भने कुरा गरेका थिएनन् । यो क्रममा सेनाका अधिकारी र परिवारका सदस्यसँग केही समय बिताएका थिए । यसअघि यो प्रतियोगितामा नाना पाटेकर, नवील जिन्दल पनि यो प्रतिस्पर्धामा भाग लिन पुगिसकेका छन् । सलमान खान भने पहिलोपटक यो प्रतिस्पर्धामा भाग लिन पुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ