arrow

टि-२० विश्वकप: ईङल्याण्डको एतिहासिक जीत

logo
प्रकाशित २०७२ चैत ६ शनिबार
joe_root.jpg.jpeg
काठमाडौं। अनिश्चितताको खेल क्रिकेट ! यही भनाईलाई टि-२० विश्वकपमा भएको दक्षिण अफ्रिका र ईङल्याण्ड बिचको खेलले फेरि एकपटक चरितार्थ गरिदिएको छ। निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा २२९ रन बनाएको अफ्रिकालाई २ विकेटले पराजित गर्दै ईङल्याण्डले नयाँ ईतिहास नि्र्माण गरेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको अफ्रिकाले हासिम आमला (५८), क्विन्टन डे-कक(५२) र जेपी डुमीनी (५४) को मदतले २२९ रन बनाएको थियो।  सजिलो जीत कल्पना गरेको अफ्रिकालाई ईङ्लिस ब्याट्सम्यानहरुले अचम्मभित तुल्याउँदै जीत आफ्नो पक्षमा पारेका थिए। 
 जवाफमा ब्याटिङ गर्न ओर्लेको ईङल्याण्डले निर्धारित लक्ष्य १९.४ ओभरमा पुरा गरेका थिए। उसकालागि जो रुट चम्किए, उनले ४४ बलमा ४ छक्का र ६ चौकाको मदतले ८३ रन बनाएका थिए। त्यसैगरि ओपनिङ ब्याट्सम्यान जेसन रोयले १६ बलमा ४३ रन बनाएर राम्रो शुरुवात दिएका थिए।
 
अफ्रिकाकालागि कायल एबोटले ३ विेकट हात पारेका थिए। जो रुट प्लेयर अफ दी म्याच घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ