arrow

ट्रकले ब्याक गरेर मारिएकी सुनिताको उठ्यो शव, सहमतिपछि खुल्यो राजमार्ग

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
sunita.jpg

लम्की । दोषीलाई कानुन बमोजिम कारवाही र मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिने सहमती पछि पूर्वपश्चिम महेन्द्र राजमार्गको लम्की सड्क खण्ड सुचारु भएको छ।

कैलालीको लम्कीमा ट्रकले ठक्कर दिदा ज्यान गुमाएकी युवती सुनिता रावलका परिवारलाई उचित क्षतीपूर्ती र चालकलाई कारवाही गर्ने सहमतिपछि स्थानीयले प्रर्दशनका कार्यक्रम फिर्ता लिएका छन, भने मृतको शव घटनास्थलबाट उठाई पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक आभुषण तिमिलसैनाले पिडित पक्ष र सरोकारवाला छलफगरी दोषिलाई हदैसम्मको कारबाहीका लागि प्रकृया अगाडि बढाउने भएको त्रीपक्षीय सहमतीपछि राजमार्ग  राजमार्ग सुचारु भएसंगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

यसअघि स्थानीयले ट्रकको ठक्करबाट युवतीको ज्यान गएपछि लम्की बजारमा प्रर्दशन गर्दै सडक अवरुद्ध पारेका थिए। आक्रोसित स्थानीयले ठक्कर दिने ट्रकमा आगजनीको प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । आक्रोसित स्थानीयले ढुङ्गा प्रहार गर्नथाले पछि भिड नियन्त्रण गर्न एक दर्जन बढी अश्रुग्यास, करीब ३ राउण्ड हवाई फाईरीङ्ग र रबबरका गोली समेत हानेको थियो ।

सो क्रममा प्रहरी र शसस्त्र प्रहरी गरी ९ जना र १ प्राध्यापक गरी १० जना घाईते भएका छन । घाईते सबैको लालरत्न अस्पताल लम्कीमा उपचार भएको छ । रबरको गोलि लाग्दा लम्की बहुमुखि क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ, भने आक्रोसित स्थानीयको ढुङ्गा प्रहार बाट ईलाका प्रहरी सड्कपुर बौनियामा कार्यरत प्रहरी गणेश बहादुर रावल, ईलाका प्रहरी चिसापानीमा कार्यरत सुरज रावल र शसस्त्र प्रहरी बल डुडेझारीमा कार्यरत शसस्त्र प्रहरी जवान बम बहादुर सुनार लगायतका प्रहरी जवान घाईते भएका हुन ।

लम्की बहुमुखि क्याम्पस वि.एड. प्रथम पर्ब अध्यनरत सुनिता रावल क्याम्पसबाट बिहान परिक्षा दिएर साईकलमा घर फर्केने क्रममा पछाडिबाट आई रहेको ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिदा सडकमै ढलेकी थिईन् । ट्रकको ठक्कर बाट सड्कमा लडेर घाईते भएकी रावललाई चालकले गाडि रोकेर पछाडि गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन ।

क्याम्पसबाट घर फर्किएकी सुनितालाई ट्रकले ब्याक गरेर किच्यो, ट्रक जलाउने प्रयासपछि हवाई फायर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ