arrow

क्याम्पसबाट घर फर्किएकी सुनितालाई ट्रकले ब्याक गरेर किच्यो, ट्रक जलाउने प्रयासपछि हवाई फायर

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
aacident.jpg

लम्की । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।  लम्की बहुमुखि क्याम्पसमा विएड प्रथम बर्षमा अध्यनरत अन्दाजी १९ बर्षिया सुनिता रावल क्याम्पसबाट फर्किने क्रममा ट्रकले ब्याकगरेर किचेपछि मृत्यु भएको हो ।    

सुनिता क्याम्पसबाट मंगलबार बिहान साईकलमा घर फर्केने क्रममा पछाडिबाट आईरहेको ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिदा सडकमै ढलेकी थिईन् । ट्रकको ठक्करबाट सड्कमा ढली घाईते भएकी सुनितालाई चालकले गाडी रोकेर ब्याक गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन ।

घटनापछि लम्की बजार तनाव ग्रस्त बनेको छ । आक्रोसित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रकलाई जलाउने प्रयास गरी सडकमा टायर जलाएर प्रर्दशनमा उत्रीएपछि प्रहरीले दजनौ राउण्ड अश्रुग्यास र रबरका गोली चलाएर भिडलाई तितर बितर पार्ने पार्ने प्रयास गरेको छ ।

सोहि क्रममा रबरको गोली लागि लम्की बहुमुखि क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ, भने आक्रोसित स्थानीयको ढुङ्गा प्रहारबाट ५ जना प्रहरी घाईते भएका छन ।

ईलाका प्रहरी सड्कपुर बौनियामा कार्यरत प्रहरी गणेश बहादुर रावल, ईलाका प्रहरी चिसापानीमा कार्यरत सुरज रावल र शसस्त्र प्रहरी बल डुडेझारीमा कार्यरत सशस्त्र प्रहरी जवान बम बहादुर सुनार अन्य दुई जनाको खुट्टा, टाउको र मुहारमा चोट लागेको छ ।

घइते सबैको लालरत्न अस्पतालमा उपचार भैरहेको छ । भिड्लाई शान्त पार्न प्रहरीले सुरक्षा ब्यावस्था कडा पार्ने जनाएको छ ।

अहिले आक्रोसित मृतकका आफन्त र लम्कीबहुमुखि क्याम्सका विद्यार्थीले सडकमा टाउर जलाएर पूर्व पश्चिम राजमार्ग अबरुद्ध पारेका छन । मृतकको शव र ठक्कर दिने ट्रक घटना स्थलमै रहेको छ । ठक्कर दिने चालक भने फरार रहका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ