arrow

टि-२० क्रिकेट विश्वकप: भारतको अपराजित रेकर्ड तोड्ला पाकिस्तानले ?

भारतले १०-०को रेकर्ड राखेको छ

logo
प्रकाशित २०७२ चैत ६ शनिबार
dhoni-vs-afridi-pakistan-vs-india.jpg.jpeg
काठमाडौं। भारत-पाकिस्तानको क्रिकेट खेलले विश्वक्रिकेटमा जुन तरंग ल्याउँछ सायद त्यस्तो तरंग अरु कुनै देशको खेलले बिरलै ल्याउने गर्छ। टि-२० विश्वकप २०१६मा फेरि एकपटक भारत-पाकिस्तानले समुह चरणको खेलमा आमने सामने हुने भएका छन्। शनिवार कोलकाताको ईडेन गार्डेनमा दुई टोली बिच नेपाली समयानुसार ७:४५मा खेल हुने भएको छ। 
 
क्रिकेट विश्वकपमा पाकिस्तान भारत बिरुद्ध पहिलो जीतको खोजीमा हुने छ भने भारत कहिले नहारेको ईतिहासलाई बचाउने दाउमा हुने पक्का छ। यसअघि आईसीसी विश्वकप (एकदिवसिय र टि-२०)मा १० पटक आमने सामने भैसकेका दुई टोलीमा भारतले १०-०को रेकर्ड राखेको छ। 
 
एकदिवसिय विश्वकपमा ६ पटक भारतले पाकिस्तानलाई पराजित गरिसकेको छ भने टि-२० विश्वकपमा ४ पटक पराजित गरिसकेको छ। यो १०-० को रेकर्ड ११-० हुन्छ वा १०-१ हुनेछ? त्यो त शनिवारको खेलमा पछि निश्चित हुने छ। भारतले समुह चरणमा आफ्नो पहिलो खेलमा हार ब्योहोरेको छ भने पाकिस्तानले बिजयी शुरुवात गरिसकेको छ। भारतलाइ न्युजिल्याण्डले पराजित गरेको हो भने पाकिस्तानले बंगलादेशलाई हराउँदै बिजयी शुरुवात गरेको हो। 
 
यो विश्वकपमा खेलिरहेका मधय अन्तराष्ट्रिय क्रिकेटका सबैभन्दा अनुभवी खेलाडी शाहिद आफ्रिदीको नेतृत्वमा रहेको पाकिस्तानले अनुभवी र 'क्याप्टेन कुल'को उपनाम पाएका महेन्द्र सिंह धोनीको टिमलाई हराउन सक्ला त ? 
 

भारत-पाकिस्तान विश्वकप ईतिहास

 

टि-२० विश्वकप

सन् २००७
सन् २००७को पहिलो टि-२० विश्वकपमा समुह चरण र फाईनलमा दुई पटक भारतले पाकिस्तानलाई पराजित गरेको थियो। समुह चरणको खेलमा स्कोर बराबर भएपछि बोल आउटमा पुगेको खेलमा भारत बिजयी भएको थियो। त्यसैगरि फाईनलमा पाकिस्तान ५ रनले पराजित भएको थियो। 
 
सन् २०१२
श्रीलंकामा भएको विश्वकपमा भारत ८ विकेटले बिजयी भएको थियो। पहिले ब्याटीङ गरेको पाकिस्तानले पहिले ब्याटिङ गर्दै १२८ रन बनाएको थियो जवाफमा भारतले विरट कोहलीको नटआउट ७८ रनको मदतले सजिलो जीत निकालेको थियो। 
 
सन् २०१४
बंगलादेशमा भएको विश्वकपमा भारत ७ विकेटले बिजयी भएको थियो। पहिले ब्याटिङ गरेको पाकिस्तानले १३० रन बनाएको थियो र जवाफमा भारतले सजिलै उक्त रन पच्छ्याएको थियो। 
 

एकदिवसिय विश्वकप

सन् १९९२
 अष्ट्रेलिया-न्युजिल्याण्डमा भएकोउक्त विश्वकपमा भारत पाकिस्तानको पहिलो पटक भेट विश्वकपमा भएको थियो। उक्त विश्वकपमा भारत ४३ रनले बिजयी भएको थियो। उक्त विश्वकपको उपाधि पाकिस्तानले जितेको थियो।
 
सन् १९९६
भारत-पाकिस्तान-श्रीलंकामा भएको विश्वकप क्रिकेटको क्वार्टरफाईनलमा भारत-पाकिस्तान आमने सामने भएका थिए। ५० ओभरमा भारतले ८ विेकटको नोक्सानीमा २८७ रन बनाएको थियो। जवाफमा राम्रो शुरुवात गरेको पाकिस्तान ३९ रनले पराजित भएको थियो।
 
सन् १९९९
ईङल्याण्डमा भएको विश्वकपमा भारतले पाकिसतानलाई ४७ रनले बिजयी भएको थियो। उक्त विश्वकपमा पाकिस्तान उपबिजेता रहेको थियो भने अष्ट्रेलिया बिजेता रहेको थियो। 
 
सन् २००३
दक्षिण अफ्रिकामा भएको विश्वकपमा पाकिस्तान ६ विकेटले पाजित भएको थियो। पहिले ब्याटिङ गरेर २७३ रन बनाएको पाकिस्तानलाई भारतले २६ बल बाँकि हुँदै ४ विकेटको नोक्सानीमा हराएको थियो। 
 
सन् २०११
भारतमा भएको विश्वकपको सेमीफाईनलमा पाकिस्तानलाई २९ रनले पराजित गरेको थियो। उक्त विश्वकपको उपाधी भारतले उचालेको थियो। 
 
सन् २०१५
अष्ट्रेलियामा भएको विश्वकपमा भारत ७६ रनले बिजयी भएको थियो। पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा  ३०० रन बनाएको थियो। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ