arrow

बाल्यकालदेखि नै थियो अनुष्का–विराटको प्रेम

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
virushkajpg1.jpg

काठमाडौं । भारतीय अभिनेत्री अनुष्का शर्माको बुधवार जन्मदिन परेको छ । समाचारमा बताइएअनुसार अनुष्का शर्माले जन्मदिन आफ्ना पति विराट कोहलीसँग एकान्तमा मनाउने तयारी गरेको बताइएको छ । उनले यसपटक निकै शान्त रहेर जन्मदिन बनाउने फैसला गरेकी हुन् । उनको यो ३१ औं जन्मदिन हो ।

भारतीय टोलीका कप्तान विराट कोहली र बलिउडकी अभिनेत्री अनुष्काको बीचमा बालककालदेखि नै प्रेम सम्बन्ध रहेको अनुष्काकी हजुरआमाले बताएकी छिन् । अनुष्काको माइतीका सबैले विराटलाई राम्रोसँग चिन्छन् । बाल्यकालमा अनुष्काको घर जाँदा विराटलाई उनले निकै क्रिकेट खेलाउँथिन् ।

विराटले यो कुराको सूचना भने लामो समयपछि मात्र दिएका थिए । तर, यो सम्बन्धमा कुनै चित्तदुखाइ नरहेको अनुष्काका माइतीपक्षको भनाइ छ । अनुष्काका बाबु सेनाका अधिकारी हुन् । उनी बेंग्लोरमा रहँदा अनुष्काका भाइ कर्णेश क्रिकेट खेल्थे । कर्णेश विराटकै टोलीबाट क्रिकेट खेल्थे । यो क्रममा विराट पनि धेरैपटक अनुष्काको घरमा आउने गर्थे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ