arrow

प्रमको चीन भ्रमणमा पारवाहन सम्झौतालाई प्राथमिकतामा राख्न सुझाव

logo
प्रकाशित २०७२ चैत ६ शनिबार
kp ili.jpg.jpeg
काठमाडौँ। राष्ट्रिय जागरण अभियान, नेपालले प्रधानमन्त्रीको आइतबारबाट हुन लागेको चीन भ्रमणमा चिनियाँ भूमिमार्फत विश्वसँगको निर्वाध व्यापारका लागि समुद्री बन्दरगाहसम्मको पारवाहन सुविधा सम्बन्धी सम्झौतालाई प्राथमिकतामा राख्न सुझाव दिएको छ । अभियानका प्रवक्ता डा. विनोद न्यौपानेले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपालमाथि लादिएको इन्धन सङ्कटलाई स्थायी रुपमा समाधान गर्नका लागि सम्भावित सबै उपायबारे चीनसँग छलफल गर्न माग गरिएको छ । 
 
पूर्व मन्त्री डा उपेन्द्र देवकोटा संयोजक रहेको सो अभियानले नेपाली भूमिलाई चीन, भारत वा अन्य देशका विरुद्धमा कसैबाट प्रयोग हुन नदिने नीतिअनुसार परराष्ट्र नीति भरपर्दो बनाउन सुझाव दिएको छ । नेपालको अभिन्न भू–भागका रुपमा रहेको लिपुलेकका विषयमा भारत र चीनबीच भएको सम्झौता खारेजीको विषय भ्रमणमा उठाउन प्रधानमन्त्रीसँग अभियानले माग गरेको छ । 
 
भारतसँगको एकाधिकारपूर्ण व्यापार परनिर्भरतालाई अन्त्य गर्न चीनसँगको व्यापार वृद्धि तथा नाकाको विस्तारको योजनालाई महत्वकासाथ उठाउन विज्ञप्तिमा माग गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ