arrow

‘कसैको चरित्र हत्या गर्ने प्रयास नहोस् काम गर्न दिइयोस्’ – मुख्यमन्त्री राउत

कर्मचारी नहुने अनि रकम धमाधम बाँड्ने भनेपछि के लाग्छ ?

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
Lalbabu-raut-cheif-minister.jpg

काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी नहुने अनि रकम धमाधम बाँड्यो भनेपछि कसको के लाग्छ ? भनी प्रश्न गरेका छन् । 

उनले बिना कर्मचारी रकम हिनामिना हुन नसक्ने दावी समेत गरेका छन् । उनले पैसा बाँडेको आरोपबारे भने, ‘साहित्यिक कार्यक्रम गर्नेलाई केही रकम सहयोग गर्ने कि नगर्ने ? कुनै शीर्षकबाट विद्यार्थी र खेलाडीलाई सहयोग गर्ने कि नगर्ने ?’

उनले भने, ‘पीडित ब्यक्तिलाई सहयोग गर्ने कि नगर्ने ? अनि कहाँबाट भयो दुरुपयोग ?’

उनले काम गर्ने संयन्त्र भनेको कर्मचारी भएकाले कर्मचारी नै नभएकाले काम गर्न नपाएको गुनासो गरेका छन् । काम ठप्प भएकाले यसबारेमा गम्भीर बन्नुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिएका छन् । 

उनले भने, ‘कसैको चरित्र हत्या गर्ने प्रयास नहोस् काम गर्न दिइयोस् ।’

कामै नगरी भ्रष्टाचार मात्र गरेको भनी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त प्रदेश २ मा नेकपाले आफैले सरकार चलाउने चेतावनीसमेत दिइसकेका छन् । 

यसबारेमा मुख्यमन्त्री राउतले भने, ‘संघीय सरकारले काम गर्ने वातावरण नै नदिने अनि माथि बसेर चेतावनी दिन मिल्छ ?’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ