arrow

जेलमा मलाई पशुले पनि नखाने खाना दिइन्थ्यो : सञ्जय दत्त

logo
प्रकाशित २०७२ चैत ६ शनिबार
sanjayjail6.jpg.jpeg
एजेन्सी ।  करिब एक महिनाअघि जेलबाट रिहा भएका बलिउड अभिनेता सञ्जय दत्तले आफूलाई जेलमा गधाले पनि खान नसक्ने खाना दिने गरेको खुलासा गरेका छन् ।  जेलका आफ्ना भोगाईहरु भारतीय सञ्चारमाध्यमसँग साटेका दत्तले यस्तो बताएका हुन् ।
 
सञ्जय दत्त २५ फेब्रुअरीमा पुणेको यरवदा जेलबाट रिहा भएका थिए । १९९३ को मुम्बई बम धमाकापछि अवैध हतियार घरमा राखेको अभियोगमा उनी सजाय काटेर रिहा भएका थिए ।
 
सुरक्षाका कारण मलाई एक्लै राखिएको थियो। प्रत्येक बिहान ६ बजे उठ्थेँ र परिवारलाई सम्झेर रुन्थेँ। केही शारीरिक कसरतपछि नुहाइधुवाई गरेर शिव पुराण, गणेश पुराण, महाभारत, भागवद्गीता र रामायण पाठ गर्थे। अर्थात् म त पूर्णरुपले पण्डित बनेको थिएँ।
एक वर्षसम्म मैले चनाको दाल खाएँ। त्यहाँ खानाको रुपमा सब्जी र ‘राजगिरा’ दिइन्थ्यो। त्यो चिज मैले जेलमै पुगेर सुनेको र खाएको थिएँ। त्यहाँको खाना यस्तो थियो कि बाख्रा, गोरु या गधालाई दिँदा पनि खान्थेन होला।
 
फिट रहनका लागि दुई घण्टा दौडन्थेँ। जेलमा बस्दा मेरो तौल १०० किलो पुगिसकेको थियो। पेट बढेर हैरान थिएँ। त्यसैले विशेष कसरत गर्थें। अहिले बाहिर आइसकेपछि त धेरै कम भइसकेको छ।
 
बहिर धेरैलाई मलाई भिआइपि व्यवहार गरिन्छ भन्ने लागेको थियो होला तर मलाई साह्रै नराम्रो व्यवहार गरिन्थ्यो। यस्तो लाग्थ्यो कि म अंग्रेजको दौडमा आएको छु।
 
मलाई अन्डरवर्ल्ड डनहरुसँग सम्पर्क गरि कुरा गर्न दबाब दिइन्थ्यो', उनले भनेका छन्, 'कोही पनि चहाँदैनथिए कि म आफ्नै बलबुतामा केही बनौं, केही गरौं। म माथि यो पनि दबाब छँदैथियो ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ