arrow

यसकारण सलमानले गरेका थिए अक्षय कुमारलाई फोन, दाउमा छ दुवै स्टारको कराडौंको रकम

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
salman-akshaya1.jpg

काठमाडौं । भारतीय सिने क्षेत्रका दुई स्टारको बीचमा प्रतिस्पर्धा हुने भएको छ । अक्षयकुमारको फिल्म ‘सूर्यवंशी’ र सलमान खानको ‘इंशाअल्लाह’ एउटै समयमा सार्वजनिक हुन लागेका हुन् । ईदको अवसरमा यी दुई फिल्म आउन लागेका हुन् । अहिलेसम्म ईदमा सलमान खानको फिल्म लाग्दै आएको थियो ।

यस वर्ष पनि ईदको अवसरमा सालमान खान र आलिया भट्टको फिल्म इंशाअल्लाह सार्वजनिक हुँदैछ । सोही अवसरमा अक्षयकुमारको सूर्यवंशी फिल्म आउन लागेको हो । यसमा कटरिना कैफले पनि प्रमुख भूमिकामा अभिनय गरेकी छिन् ।

यसै विषयमा सलमान खानले अक्षय कुमारलाई फोन गरेर कुनै किसिमको प्रतिद्वन्द्व नहोस् भन्नेमा आफ्नो ध्यान रहेको बताएका छन् ।
अब अक्षय कुमारले सलमान खानको कुरा मान्ने वा नमान्ने भन्ने उनीमा निर्भर गर्नेछ ।

अहिले सलमान खान दबंग ३ को शुटिङमा व्यस्त छन् । साथै अक्षयकुमारसँग गुड न्युजजस्ता फिल्म छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ