arrow

आयोगले बुझायो प्रदेश दुईको नाम र राजधानीको प्रतिवेदन

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
pratibedan1.jpg

जनकपुरधाम ।  प्रदेश नम्बर दुईको नाम र स्थायी राजधानीबारे सुझाव संकलन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन बिहिबार प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि आयोगका अध्यक्ष डा. हरिवंश झाले मुख्यमन्त्री मोहम्मद  लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गरेका छन ।

प्रतिवेदन हस्तान्तरणपछि डा. हरिवंश झाले प्रदेशको नाम र राजधानी बारे जनता र जनप्रतिनिधिहरुको राय संकलन गर्न आठ वटै जिल्लाको सदरमुकाममा सार्वजनिक कार्यक्रमको आयोजना गरि जनप्रतिनिधि, नागरिक समाज, पेशागत संघ संगठन र सर्वसाधारण समेतको राय संकलन गरि प्रतिवेदन तैयार पारिएको बताए ।

कार्यक्रममा मुख्यमन्त्री राउतले आयोगले जनभावना अनुरुप प्रस्तुत गरेको प्रतिवेदन माथि मन्त्री परिषदका छलफल गरि नाम र राजधानी सम्बन्धी प्रस्ताव प्रदेश सभामा लैजानै प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा,  सुझाव संकलन आयोगका सदस्यहरु सहितको उपस्थिति रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ