arrow

सत्यजित रेको फिल्ममा काम गर्न चाहन्थे अमिताभ, अधुरै रह्यो सपना

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
amitab-satyajit.jpg

काठमाडौं । भारतीय सिनेमाका निर्देशक सत्यजित रेको नजरमा अमिताभ बच्चन निकै महँगा स्टार थिए । जसको कारण उनले कहिले पनि अमितभलाई आफ्नो फिल्ममा खेलाएनन् । तर, अमिताभ बच्चनको इच्छा भने उनीसँग फिल्म खेल्ने थियो ।

सत्यजित सन् १९२१ मे २ मा जन्मिएका हुन् । सत्यजित रेकी पत्नी बिजोयाले आफ्नो आत्मकथामा यो कुरा सार्वजनिक गरेकी हुन् । सन् १९९२ मा सत्यजितको निधनसम्म लेखिएको निजी डायरीमा आधारित रहेर यो किताब प्रकाशित गरिएको हो ।

 किताबमा जयाले आफूलाई अमिताभ बंगाली फिल्ममा काम गर्न इच्छुक रहेको बताएको उल्लेख छ । यस विषयमा सत्यजितले उनी निके महँगा अभिनेतामध्ये एक रहेको बताएका थिए । बंगाली फिल्ममा यति धेरै पैसा नभएको कारण उनलाई लिन नसकिने उनको भनाइ थियो ।
 
रेको फिल्म निकै कम बजेटको हुने गथ्र्यो । सत्यजितको जीन्दगी पनि एक फिल्मजस्तै छ ।  उनकी पत्नीका अनुसार उनीहरु ८ वर्षसम्म प्रेम सम्बन्धमा थिए र गुपचुप विवाह गरेका थिए । उनीहरु दुवैजना पूरा रात गीत सुनेर सुत्ने गर्थे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ