arrow

खर्बपति बेजोसको सुरक्षाका लागि कार्यालयमा बुलेट प्रुफ प्यानल

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
jeff-bezos.jpg

काठमाडौं । ब्लू अरिजिनका संस्थापक तथा अमेजनका मुख्य कार्यकारी अधिकृत जेफ बेजोसको लागि सिएटल कार्यालयमा बुलेट प्रुफ प्यानल बनाइने भएको छ । उक्त प्यानल सैन्य असल्ट राइफलको गोली रोक्न सक्न क्षमताको रहेको छ ।

प्यानल बनाउन १. ८० लाख डलर (करीब २ करोड नेपाली रुपैयाँ )  खर्च लाग्ने भएको छ । जेफ बेजोस विश्वकै धनी व्यक्ति हुन् । उनको कुल पुजी १ खर्ब ५९ अर्ब डलर रहेको छ । अमेजन बेजोसलाई बाहिरी खतराबाट बचाउनको लागि बर्षिक १६ लाख डलर (करीब १८ करोड नेपाली रुपैयाँ ) खर्च गरिरहेको छ ।

साथै अमेरिकी कम्पनी एपलले आफ्नो सीईओ टिम कुकको सुरक्षामा बार्षिक ३ करोड पचास लाख बराबारको खर्च गर्छ । यस मामिलामा फेसबुक सबैभन्दा अगाडि छ । फेसबुकले सन् २०१८ मा सीईओ मार्क जुकरबर्गको सुरक्षा मा २ अर्ब २२ करोड रुपैयाँ खर्च गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ