arrow

मैले भनेको मान्ने भा....

logo
शैलेन्द्र कुमार थापा,
प्रकाशित २०७२ चैत ६ शनिबार
Shailendra-Thapa.jpg.jpeg
कहाँ डुल्छौ तिमी नानि कुरा आदर्शका गर्दै
रचना लेख लेख्दै ति बिचारका पोका छर्दै
पाउन्न कसैले तिन्मा क्षणिक मस्ति भोजन
बुझ जस्ले दिए उस्को हुन्छ रे यहाँ वजन॥
 
सुरा पान गर टन्न दर्शन् सुन्दरीको पनि
पापकर्म जति सक्छौ गर्दा हुन्छ गनिगनी
भ्रष्टाचार जति सक्छौ नलुकाई गर्‍यौ भने
बुझे हुन्छ पक्का बाबु अब भने नेता बनेँ॥
 
थिए शासक अघी ति समाई थुन सिढीमा
चढे सन्तती तिनकै हालको कान्छो पिढीमा
गएन वंशको गुन फेर्न खोज्छौ तिमी किन
नबुझे यो गुह्य कुरा माटोमा भयौ है लिन॥
 
जातको घोडा चढेर हिड्ने बलिया देशमा
क्षेत्रका ति कुरा गर्ने सँधै अगाडी रेसमा
ढाप मार्छन् पराईले मस्त गाथा गाउँछन्
लौ न प्रभु रक्षा गर भनेर त्यतै धाउँछन्॥
 
धरती साझा भन्दछौ सुन्ने छौ कति पाएका
बिचार यो बोकेर ति जन्ताका बिच धाएका
कली हो आजको यूग खडेरी साँचो सुन्नेको
धर्म नै हो बुझे बाबु विजय जाल बुन्नेको॥
 
चुपचाप बसिरा’छन् ईश यो बुझ सङ्केत
मनमा गढेमा पक्का हुन्छ दिमाग झंकृत
मैले भनेको मान्ने भा छोड आदर्शका कुरा
देखेनौ माथि पुगेका अरू ति चलाई छुरा॥
 
(यस्तो नहोस भन्ने कामना सहित)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ