arrow

आमिर खानको श्रमदानको भिडियोबाट भड्किए प्रयोगकर्ता

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
aamirs.JPG

काठमाडौं  । मिस्टर परफेक्शनिस्ट आमिर खान फिल्मका साथै सामाजिक काममा पनि सक्रिय रहने गर्छन् ।  यसैबीच आमिर खानले श्रमदान गर्दै गरेको एक भिडियोको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।

 मजदूर दिवसको शुभकामना दिँदै शेयर गरिएको उक्त भिडियोमा आमिरको एक गल्ती देखिएको छ । उनले शेयर गरेको भिडियोमा एक उनले काम गरिरहेको अवस्थामा एक बच्चीले उनलाई सहयोग गरिरहेको देखिएको छ ।

फ्यानले आमिर खानको यो भिडियोमा बच्चीले काम गरेको मन पराएका छैनन् । उनीहरुले उनीहरुले आमिरमाथि बालश्रमको आरोप लगाएका छन् । एक प्रयोगकर्ताले बच्चीसँग काम गर्नु अपराध भएको बताएका छन् । यस्तैमा अर्का एक प्रयोगकर्ताले यो बाल श्रम शोषण रहेको र यस्तो नगर्न आग्रह गरेका छन् ।

आमिरको यो भिडियोमा २ घण्टाभित्रै करीब २ लाख लाइक आएको थियो । आमिर खान अब छिटै नै फिल्म रुबरु रोशनीमार्फत् आउँदैछन् । ‘पानी फउण्डेशन’ नामको संस्थाले यो फिल्म बनाउन लागेको हो । यो संस्था आमिर खानले आफ्नी पत्नीसँग मिलेर चलाउँदै आएका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Happy Mahashramdaan! #mejalmitra #paanifoundation @paanifoundation

A post shared by Aamir Khan (@_aamirkhan) on

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ