arrow

बावुको दवावपछि अर्जुनले रोके मलाइकासँगको विवाह

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
arjun-malaika.jpg

काठमाडौं । बलिउड अभिनेता अर्जुन कपूर र मलाइका अरोडाको विवाहलाई लिएर लामो समयदेखि चर्चा हुदै आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पारिवारिक दवावका कारण दुवैले तत्काल विवाह नगर्ने निर्णय गरेका छन् ।

समाचारका अनुसार, 'अप्रिलमा विवाहलाई यसकारण पोस्टपोन गरियो कि अर्जुन कपूरका बावु बोनी कपूर र बहिनी दुवैको विवाह होस भन्ने चहादैनन् । उनिहरुले आफ्नो तर्फबाट अर्जुनलाई समझाउने धेरै प्रयास गरिरहेका छन् ।'

एक सूत्रका अनुसार वर्तमान स्थितिमा दुवै फिल्म रिलीजपछि पनि विवाह गर्ने देखिदैन । किनभने यो बेमेल विवाह रोक्नको लागि अर्जुनको सम्पुर्ण परिवार दबाव दिइ रहेको छ ।

 बलिउडका यो जोडी १९ अप्रिलमा विवाह गर्ने समाचार फेलिएको थियो ।  तर विवाहको बिषयलाई अर्जुनका बुवा बोनी कपूरले अफवाह बताएका थिए ।

 यसअघि अर्जुन कपूरले पनि आफू सिंगल भएको घोषणा गरेका थिए, त्यो पनि भ्यालेन्टाइन डेको दिन । लामो समयदेखि अर्जुन कपूर र मलाइका अरोडाको सम्बन्धबारे समाचार सार्वजनिक भइरहेका थिए । उनीहरुले एकअर्कालाई सहयोग पनि गर्दै आएका थिए । केही समयअघि मलाइकाले अर्जुन कपुरको तस्वीरमा कमेन्ट पनि गरेकी थिइन् । भ्यालेन्टाइन डेको दिनमा भने अर्जुन कपुरले आफू सिंगल रहेको घोषणा गरेका थिए ।
 
अर्जुनले ट्वीट गर्दै विक्रम, नन्दिता, रणवीर सिंह र प्रियंकाले आफ्नो पार्टनर खोजिसकेको र अलि अब्बास र आफू भने अझै पार्टनरको खोजीमा रहेको बताएका थिए ।  अर्जुन कपूर सधैं प्रोटेक्टिभ ब्याइफ्रेन्डको रुपमा देखिने गरेका छन् । यद्यपि दुवैको रिलेशनशिपको कारण सलमान खानसँग अर्जुन कपूरको सम्बन्ध खराब बन्न पुगेको थियो ।

मलाइका अरोडाले अरबाजसँग विवाहको १८ बर्षपछि छुटिएका थिइन् । दुवैबिच सम्बन्धमा दरार आएको थियो ।  सम्बन्धबिच्छेदपछि मलाइका र अरबाजले खुलेर यस बिषयमा कुरा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ