arrow

बाजुरामा फैलिएको अज्ञात रोग नभई मौसमी रुघाखोकी

गाउँमै सय वढिको उपचार

logo
दयाराम पण्डित,
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
Ashok.jpg

बाजुरा ।  बाजुराको हिमाली गाउँपालिका क्युडीमा  केही दिन यता फैलिएको अज्ञात रोग नभई मौसमी रुघाखोकी भएको पुष्टी भएको छ । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी बढेको हुनसक्ने स्वास्थ्य प्रमुख अशोक सिंहले जानकारी दिएका छन् ।

स्वास्थय प्रमुख सिंहका अनुसार  हिमली गाउँपालिकाको क्युडीमा फैलिएको उक्त विरामवाट ग्रसित सय बढि मानिसको गाउँमै स्वास्थ्यकर्मी पुगरे उपचार गरेका हुन्  । रुघाखोकी  पूर्ण रुपमा नियन्त्रणमा नआउदासम्म एक जना अहेव र एकजना अनमी गाउँमै राखेको उनले वताए ।
केही दिन यता अज्ञात रोगवाट दुइजना मलिको मृत्यु भएको समाचार आएपछि स्वास्थ्यकर्मी फिल्डम गएर उपचार गरेको  हो । क्युडीमा एकजना बृद्धको पिसाव रोकिएकोले उनको अबस्था  गम्भीर रहेको  बताएका छन् ।
 
 उक्त रोगका वारे जानकारी गराउन कार्यालय प्रमुख सिंहले शुक्रवार विहान पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो । स्वास्थयको प्रतिवेदनमा  बाजुरामा अधिकांस मानिस धुमपान गर्ने देखिएकोले ४५ वर्ष माथिको उमेर समुहका मानिस दीर्घरोगी हुने तथ्यांक छ । तिनीहरुलाई स्वास फर्न गाह्रो हुन्छ, गाउँमा भेन्टीलेटर  छैनन् । अस्पतालमा सहज पहुंच हुदैन कतिपय विरामी घरमै रोग पालेर वसेका हुन्छन् प्रमुख सिंहले भनेका छन्।

बाजुरामा विषेश गरी रुघाखोकी, झाडापखाला, र भाइरल  ज्वरो नै महामरीका रुपमा फैलिने गरेको छ । महामारी  नियन्त्ररण गर्न  ५०० देखि एक हजार विरामीका लागि बाजुराका नौवटै स्थानीय तहमा बफर स्टोर रखिने बताइएको छ ।  

 जिल्ला अस्पताल र  स्वास्थ्यकार्यालय आलग अलग हुंदा कार्यान्वयनमा केही अन्यौलता आएको थियो । चैत्र ५ गते वाट कार्यालय छुटिए पछि कर्मचारी ब्यबस्थापन पनि सामान्य बन्दै गएको छ । ढिलोगरी आएको वजेट अषाढ सम्म कसरी सक्ने चिन्ता बढेको छ कर्मचारी बताउछन् ।

बैशाखको तेस्रो साता वितिसक्दा सम्म पनि  बजेट अधिकांस बजेट कार्यान्वयनमा छैन ,  सामुदायिक स्वास्थ्य केन्द्र भवन ,शहरी स्वास्थ्य केन्द्र भवन ,  प्रसुती सेवा केन्द्र , निर्माणका लागि बजेट छ  ११ मा आठ ओटाको अझै सम्झौता भएको छैन। कुन भवन कहां निर्माण गर्ने अन्योल छ ।

 आधारभुत स्वास्थय सेवा सुदृढ गरी गुणस्तर वनाउन  नमुना स्वास्थ्य केन्द्र स्थापना , स्वास्थ्यचौकी प्रयोगसाला,  प्राथमिक स्वास्थ्य  केन्द्रको सेवा विस्तार, जनशक्ती ब्यबस्थापन सिओसी तालिम लगायतका दर्जनौ कार्यक्रम छन् ।  तर  बैशाखको अन्तिममा आएको वजेट कार्यक्रम कार्यान्वयनको गुणस्तरियता हेर्न अषाढ पर्खिनु पर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ