arrow

प्रियंकाको हाँसोमा बाँदरको आक्रोश, बजायो थप्पड !

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
priyanka3.jpg

 एजेन्सी । एक पटक बलिउड अभिनेत्री प्रियंका चोपडाले 'द कपिल शर्मा' शोमा बाँदरले आपूलाई थप्पड लगाएको बताएकी थिइन् । कपिल शर्माले शोको एक हास्य प्रदायक एपिसोडमा उनले सो बताएकी हुन् ।  

 चर्चित कमेडियन कपिल शर्माले शोमा प्रियंकालाई  बलापनको रमाइलो अनुभव सुनाउन आग्रह गरेका थिए । प्रियंकाले हास्दै  स्कूल पढदाको समय बाँदरले थप्पड लगाएको  सम्झना सुनाएकी थिइन् ।
 
प्रियंकाले बलापनको अनुभव सुनाउदै भनिन्- 'म स्कूलबाट घर फर्कदै गर्दा एउटा बाँदर रुखमा झुन्डि रहेको देखे । सो दृश्य देखेर मैले हाँसो रोक्न सकिन ।' प्रियंकाले थपिन्- ' म हाँसेको देखेर बाँदर अचानक मेरो छेउमा आयो मैले के गर्ने केहि सोच्न सकिन । बाँदरले मलाई जोडले एक थप्पड लगायो र आनन्दले रुखमा गयो । त्यस समय मेरा आँखा रसाए ।'
 
सो बाक्य सुनेर सेटमा रहेका सबै दर्शकहरु पेट मिचि मिचि हाँसे । आज अप्रिल ५ तारीख  विश्व हाँसो दिवस हो । हाँसो दिवस हरेक वर्षको मे महिनाको पहिलो आइतबार मनाईन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउने  गरिएको हो । अहिले यो दिवस विश्वव्यापी रुपमा मनाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ