सलमानदेखि अमिताभसम्म, यस्ता छन् बलिउड स्टारका वास्तविक नाम

प्रकाशित मिति : २०७६ बैशाख २२ आइतबार

काठमाडौं । बलिउड कलाकारको नामबाट प्राय मानिसहरुले आफ्ना सन्तानका नाम राख्ने गर्छन् । तर केहि बलिउड कलकारकै वास्तविक नाम भने उनिहरुलाई थाहा नहुन सक्छ । सलमान, अमिताभ लगायतका बलिउड कलाकारका यस्ता छन् वास्तविक नाम ।

बलिउड स्टार सलमान खानको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो  । सनी लियोनको वास्तविक नाम करनजीत हो ।

भारतका महानायक अमिताभ बच्चनको असली नाम इंकलाब श्रीवास्तव हो। जोन अब्राहम नाम फरहान अब्राहम हो ।

डिम्पल गर्ल प्रीति जिन्टाको वास्तविकनाम प्रीतम सिंह जिन्टा हो। अक्षय कुमारको असली नाम राजीव हरी ओम भाटिया हो। मल्लिका शेरावतको वास्तविक नाम रीमा लांबा हो ।

अजय देवगनको असली नाम विशाल देवगन हो। जिया खानको नाम नफीसा रिजवी खान थियो। तब्बूको वास्तविक नाम तबस्सुम हाशमी खान हो ।

भारतीय दक्षिण चलचित्रका स्टार रजनीकान्तको नाम शिवाजी राव गायकवाड़ हो । रेखाको वास्तविक नाम भानूरेखा गणेसन हो । कट्रिना कैफको असली नाम कट्रिना तरकौटे हो ।

बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री  भनिने मधुबालाको असली नाम मुमताज जहां बेगम देहलवी थियो। निर्देशक , अभिनेता तथा निर्माता  गुरू दत्तको वास्तविक नाम वसन्त कुमार शिवशंकर पादुकोण थियो ।

ट्रेजडी क्वीनको नामले चर्चित मीना कुमारीको असली नाम महजबीं बानो थियो। चर्चित कमेडियन जोनी वकरको वास्तविक नाम बदरुद्दीन जमालुद्दीन काजी थियो ।

सनी देवलको वास्तविक नाम अजय सिंह देवल हो । बबी देवलको असली नाम विजय सिंह देवल हो ।

नयाँ