arrow

एघार बजे देखि नचलेका सरकारी साइटहरु अझै खुलेनन्

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
gidc-nepal.jpg

काठमाडौ । नेपाल सरकारसग सम्बन्धीत सरकारी साइटहरु बिहान ११ बजे देखि ३ :१० (समाचार तयार पार्दा) सम्म समेत चल्न सकेका छैनन् । राष्ट्रिय सूचना प्रबिधि केन्द्रका अनुसार डिएनमा समस्या देखिए पछि अधिकाशं सरकारी साइटहरु चल्न नसकेका हुन् ।

नेपाल सरकारका सबैसाइटहरु राष्ट्रिय सूचना प्रबिधि केन्द्रको डाटा सेन्टरमा राखिएका छन् । कोरियन सरकारले बनाइदिएको सो साइटको हेटौडामा समेत डाटा रिकभरी सेन्टर समेत बनिसकेको छ । सुबिधासम्पन्न डाटा सेन्टरको रुपमा चिनिए पनि समय समयमा यस्तो समस्या भने देखिइरहेको छ ।
 
राष्ट्रिय सूचना प्रबिधि केन्द्रका सहायक निर्देशक रमेश पोख्रेलका अनुसार डिएनमा आएको समस्या समाधान गर्न टिम लागिपरेको छ । केही समय पछि समस्या समाधान हुने समेत उनले बताए । सरकारी साइडहरु बिहान देखि नचल्दा कतिपय सरकारी कार्यालयहरुका काममा समेत समस्या देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ