arrow

अमिताभको स्वास्थमा समस्या, ट्विटरमा गरे भावुक पोष्ट

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
amitab.JPG

काठमाडौं ।  बलिउड महानायक अमिताभ बच्चन प्रत्येक आइतबार आफ्नो घर बाहिर फ्यानहरुसँग भेट्ने गर्छन् । उनका फ्यान उनको एक झलक पाउन बिहानै बाहिर जम्मा हुने गर्छन् ।

यहि क्रम ३४ बर्षदेखि चल्दै आएको थियो । तर हिजो आइतबार अमिताभ बच्चनको स्वास्थमा समस्या देखिएपछि सो क्रमभंग भएको छ ।

उनले आफै ट्विटरमा सो कुराको जानकारी दिए ।  फ्यानहरुले सुस्वास्थ्यको कामना गर्दै पष्ट गरेका छन् । सो देखेर अमिताभ बच्चनले ट्विटरमा भावुक पोष्ट गरेका छन् ।

अमिताभ बच्चनले लेखे - ' मलाई थहा थिएन एक आइतबार आफुलाई चाहानेहरुसँग जलसाको द्वारमा नभेटनाले यती ठुलो समाचार बन्नेछ ! तपाई सबैलाई स्नेह प्रति मेरो आदर र सम्मान।'

बिग बीको सो पोष्टपछि फ्यानले कमेन्ट गर्दै उनको लामो आयुको कामना गरेका छन् ।  बिग बीले आफ्नो स्वास्थमा समस्या भएको जानकारी ट्विट गरेर दिएका थिए ।

अमिताभले लेखेका थिए - 'आज आइतबार तपाईहरुसँग भेट्न पाउने छैन । स्वास्थ ठिक छैन, जलसाको द्वारमा आउन सक्दिन ।' अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ