arrow

ललिता निवास प्रकरणबारे बोले विष्णु पौडेल ‘दोषी ठहर भए कारबाही भोग्न तयार छु’

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
bishnu-poudel.jpg.jpeg

काठमाडौं । बालुवाटार प्रकरणमा आलोचित बनेका नेकपा महासचिव विष्णु पौडेलले दोषी ठहर भए आफू कारबाही भोग्न तयार रहेको प्रतिक्रिया दिएका छन् । सरकारको नीति तथा कार्यक्रमबारे सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गरेको भन्ने प्रकरणमा आफ्नो नाम जोडिएको प्रति आपत्ति समेत जनाएका छन् । 

संसदमा बोल्दै उनले भने ‘ललिता निवास प्रकरणमा मेरो र केही पूर्व प्रधानमन्त्री ज्यूहरुको नाम जोडिएको प्रति मेरो आपत्ति छ । यसको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न म सरकारसँग जोडदार माग गर्दछु ।’ उनले सत्यतथ्य छानविन गर्नको लागि सरकारले चालेको कदमलाई हार्दिकताका साथ स्वागत समेत गरेका छन् । 

म आफू दोषी ठहर भएमा जुन सुकै सजाय भोग्न तयार छु । तर यसमा सरकारले यथासक्य चाँडो सत्य तथ्य छानविन गरेर दोषी माथि कारबाही गरोस् ।’ पौडेलले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ