arrow

थाई रानी सुथिदाको छलाङ, एउटी विमान परिचालिका कसरी पुगिन् रानीको गद्दीमा ?

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
thai-king.jpg

काठमाडौं। थाइल्याण्डका राजा वाचिरालङ्कनको तीन दिने राज्याभिषेक सकिएको छ। राजा वाचिरालङ्कनले आफ्नी शाही सहयोगी सुथिदा तिदाईलाई रानीको उपाधि दिएका छन्। २० वर्षको समयमा सन् १९७२ मा उत्तराधिकारी घोषित भएका उनलाई राजगद्दीमा बस्न ४४ वर्षसम्म कुनुपर्‍यो। उनका पिता भूमिबोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उनी राजा भएका हुन् । राजा वाचिरालङ्कन सन् २०१६ मा राजा भएका थिए। ७० वर्ष राजा भएर विश्वकै सबैभन्दा लामो समय राजा हुने रेकर्ड तोडेका उनका पिता भूमिवोल अदुल्यादेजको मृत्युपछि उनी राजगद्दीमा आएका हुन्।

भूमिबोलको लोकप्रियताका कारण शाही परिवारका अन्य सदस्य तथा सर्वसाधारणलाई शोकबाट राजगद्दीमा बसेको करिब ३ वर्षपछि महा भाजिरालंकर्णलाई शनिबार राज्याभिषेक गराइएको छ। रानी सुथिदा राजा लामो समयदेखि वाचिरालङ्कनकी सहयोगी छिन् र केही वर्षदेखि सार्वजनिक कार्यक्रममा उनीसँगै देखिन्थिन्। तर, यसअघि उनीहरुको सम्बन्धलाई औपचारिक मान्यता दिइएको थिएन।

वाचिरालङ्कनले यसअघि तीन जनासँग विवाह गरेका थिए। सबैसँग सम्बन्ध विच्छेद समेत भइसकेको छ। रानीको दर्जा हासिल गरेकी सुथिदा पहिले थाई एयरवेजमा फ्लाई अटेन्डेन्ट थिइन्। सन् २०१४ मा वाचिरालङ्कनले उनलाई आफ्नो अंगरक्षकको रुपमा उपकमान्डर बनाए। २०१६ मा उनी सेनाको जर्नल बनिन्।

६६ वर्षे राजा वाचिरालङ्कन राजा भूमिबोल र रानी सिरिकितका दोस्रो सन्तान र पहिलो छोरा हुन्। उनले संयुक्त अधिराज्य र अष्ट्रेलियामा शिक्षा–दिक्षा प्राप्त गरेका थिए । त्यस्तै उनले क्यानबेरास्थित रोयल मिलिटरी कजेलमा तालिम पनि लिए। थाई सैन्य फौजमा अधिकृतको रुपमा सेवा प्रदान गरिसकेका वाचिरालङ्कनसँग नागरिक र लडाकू विमान उडाउने सर्टिफिकेट पनि छ।

महा वाचिरालङ्कन सन् १९७२ मा युवराज घोषित भएका थिए। थाईल्याण्ड एक संवैधानिक राजतन्त्र व्यवस्था भएको देश हो। तर आम जनतामा राजसंस्थाप्रतिको बलियो सम्मान भावलाई प्रयोग गरेर त्यहाँको राजपरिवारले ठूलो शक्ति अभ्यास गर्ने गर्छ। सन् १९७८ मा जन्मिएकी सुथिडा टिड्जेको करिअर थाइल्यान्डको सरकारी वायुसेवा कम्पनी थाइ एयरवेजबाट सुरु भएको हो। त्यहाँ उनले आफ्नो जीवनको उन्नत समय बिताइन्। एयरवेज राजपरिवार सदस्यको औपचारिक, अनौपचारिक यात्राको पहिलो रोजाइमा छ।

एक यात्रामा थाइल्यान्ड युवराज (वर्तमान महाराज) बाजिरालंकर्नले भेटे। मन पराए। युवराजसँगको त्यो उडानको केही समयपछि उनले फ्लाइट एटेन्डेन्ट पेशा छोडिन्। सुथिडा र ६६ वर्षीय बाजिरालंकर्नकी चौथो श्रीमती हुन्। बाजिरालंकर्नले योभन्दा अघि तीन विवाह गरिसकेका छन्। ती कुनै सफल भएनन्। तीनै पत्नीसँग उनको सम्बन्ध विच्छेद भइसकेको छ। तीन पत्नीबाट कूल ७ छोराछोरी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ