arrow

टि-२० विश्वकप क्रिकेट: पाकिस्तान बिरुद्ध भारत बिजयी

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
Virat_Kohli.jpg.jpeg
काठमाडौं। आईसीसी विश्वकपमा पुन: एक पटक ईतिहास दोहोरिएको छ। भारतले फेरि एक पटक भारतलाई हराएको छ।आईसीसी विश्वकपमा यो भारतको लगातार ११औं बिजय हो। पानी परेर २ ओभर छोट्याईएको खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको हो। 
 
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित १८ ओभरमा ५ विकेट गुमाउँदै ११८ रन बनाएको थियो। स्पिन बलिङलाई साथ दिईरहेको पिचमा शोहेब मलिकले २६ रन बनाएका थिए भने अहमद शेहजादले २५ रनको योगदान दिएका थिए। भारतकलागि उसका स्पिनरहरु आश्विन, जडेजाले कसिलो बलिङ गरेका थिए। भारतिय बलरहरुले पाकिस्तानी ब्याट्सम्यानलाई कुनै पनि बेला खुलेर खेल्न दिएका थिएनन्। 
 
जवाफमा भारतका स्टार खेलाडी कोहलीको अविजित ५५ रनको मदतले भारतले १५.५ ओभरमा जीतको लक्ष्य भेट्टाएको थियो। एक समय २३ रनमा ३ विकेट गुमाईसकेको भारतले कोहली र युबराज सिंहको ६१ रनको साझेदारी गरेर जीत सहज बनाईदिएका थिए। युवराज सिंहले २४ रन बनाएका थिए। पाकिस्तानकालागि मोहम्मद शामीले २ विकेट लिएका थिए। 
 
खेलका प्लेयर अफ द म्याच विराट कोहली भएका थिए। 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ