arrow

युट्युब स्टारलाई १० वर्षको जेल सजाय 

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख २३ सोमबार
youtube.png

वाशिङ्टन डीसी (अमेरिका) । पूर्व युट्युब स्टार औस्टिन जोन्सलाई अमेरिकामा १० वर्षको जेल सजाय सुनाइएको छ । उनलाई बालबालिकाको अश्लील तस्वीर लिएको आरोपमा उक्त सजाय सुनाइएको हो । 

जोन्सले ६ जना बालिकालाई प्राइभेट म्यासेजमा अश्लील भिडियो पठाउन उक्साएको आरोप लागेको थियो । उनले उनीहरुलाई आफ्नो ठूलो फ्यान भएको पुष्टि गर्न उक्त भिडियो पठाउनुपर्ने शर्त राखेका थिए । 

निकै चर्चित पप गीतको कभरको कभरको कारण उनी चर्चामा आएका थिए । २६ वर्षीय यी स्टारको युट्युबमा ५ लाख सस्क्राइबर्स थिए भने ट्वीटरमा २ लाख २५ हजार सस्क्राइबर्स थिए । अहिले दुवै खाता हटाइएको छ । 

यो आरोपमा सन् २०१७ मा उनलाई पक्राउ गरिएको थियो । पक्राउ गरिएसँगै उनको युट्युबको च्यानल हटाइएको थियो । उनले केहीलाई मोडलिङको अवसरका लागि र केहीलाई इन्स्टाग्रामको फलोअर्स बढाउन भन्दै त्यस किसिमका भिडियो पठाउन अनुरोध गर्ने गरेका थिए । एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ