arrow

दुई तिहाईको सरकारले किन मदन भण्डारीको हत्यारा पत्ता लगाउन सकेन ?

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
devendra-kadel.JPG

काठमाडौं । प्रतिनिधि सभामा मदनभण्डारीका हत्यारा पत्ता नलगाएको विषय उठान भएको छ । मंगलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा नेपाली काँग्रेसका नेता देवेन्द्रराज कँडेलले दुई तिहाईको सरकारले किन मदनभण्डारीको हत्यारा पत्ता लगाउन सक्दैन ? भन्दै प्रश्न गरेका छन् । 

उनले मदन भण्डारीको नाममा विश्व विद्यालय खोल्ने सरकारको परिकल्पना राम्रो भएको भन्दै उनको हत्याराको बारेमा सरकारले वास्तै नगर्नुको कारण के हो ? भन्ने प्रश्न पनि गरेका छन् । दुई तिहाईको सरकार, भण्डारीका मित्र प्रधानमन्त्री र धर्मपत्नी राष्ट्रपति भएको बेलामा समेत सरकारले मदन भण्डारीको हत्याराको खोजी समेत नगरेको भन्दै जनस्तरमा समेत बेला बेलामा यसबारे चर्चा चल्ने गर्दछ । यही बेलामा कँडेलले भने संसद्मा नै यसबारे कुरा उठाएका हुन् । 

नेता कँडेलले फरक प्रसंगमा बालुवाटारको ललिता निवास प्रकरणमा प्रमुख आरोपी मानिएका नवलपरासीका शोभाकान्त ढकाल तत्कालीन एमालेको नेता भएकोले पनि उनलाई उन्मुक्ति दिईएको त होईन ? भन्ने चासो राखेका छन् । २०७० सालको चुनाव र पछिल्लो आम चुनावमा समेत उनको नाम समानुपातिक सूचीमा राखिएको भन्दै पार्टीको नेता भएकै कारणले त उनीमाथि कारबाही नभएको त होईन ? भन्ने प्रश्न समेत उनले गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ