arrow

प्रधानमन्त्रीले भने ‘नीति तथा कार्यक्रममा केही पनि आलोचना आएन’

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
kp-oli-parliament.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि केही पनि आलोचना नआएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा ध्यान दिनुपर्ने केही कुरा आउँछ कि भन्ने लागेको भएपनि त्यस्ता सुझावहरु केही पनि नआएको दाबी गरे । 

उनले कसैले यसलाई निबन्ध भनेको भन्दै आलोचना गर्नुपर्ने ठाउँ नै नभएकोले निबन्धको उपमा दिएको आरोप समेत लगाए । सरकारको नीति तथा कार्यक्रममा अन्योल लिनु पर्ने अवस्था नरहेको दाबी समेत प्रधानमन्त्रीको छ । यद्यपि सरकारको नीति तथा कार्यक्रममाथि तीब्र आलोचना र संशोधनको प्रस्ताव आएको भएपनि प्रधानमन्त्रीले भने राम्रो आलोचना नआएको बताएका हुन् ।

उनले दुई तिहाई मानिसहरु कृषि क्षेत्रमा कार्यरत रहेको भन्दै सो क्षेत्रको विकास भएको तथ्यांकमा नै देखिएको उनले बताए । कृषि क्षेत्रमा सम्भावना भएकोले नभई विकल्प नभएकोले यति धेरै मानिसहरुको सहभागिता रहेको ओलीको दाबी छ । उनले सरकारको योजनाबद्ध विकासका कारण नै कृषि क्षेत्रमा सुधार भएको बताएका छन् । उनले यदि पानी परेर मात्रै कृषिको सुधार हुने हो भने खेती नगरे पनि कृषि फस्टाउनु पर्ने तर्क पनि गरेका छन् । 

नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने सांसदहरुले यसमा सबै कुरा आएको छ पनि भन्ने र केही छैन पनि भनेको प्रति पनि प्रधानमन्त्री ओलीले आश्चर्य व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ