arrow

‘मेरो सरकार भन्ने शब्द झुक्किएर होईन जानेरबुझेर नै राखिएको हो’ 

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
PM-oli-parliament.JPG

काठमाडौं । राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने अभिव्यक्ति दिएपछि आलोचित बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नै यसको स्पष्टीकरण दिएका छन् । उनले मंगलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘मेरो सरकार’ भन्ने अभिव्यक्ति जानेर बुझेर नै प्रयोग गरिएको स्पष्ट पारेका छन् । 

विगत ३ दिनदेखि आलोचनाको शिकार बनेका प्रधानमन्त्री ओलीले यो अन्तराष्ट्रिय अभ्यास अनुसार नै नेपालमा पनि यस्तो शब्दको प्रयोग गरिएको बताएका हुन् । उनले राजा महाराजाले मेरो सरकार भन्न हुँदा निर्वाचित जनप्रतिनिधिले भन्न नहुनेकुरा केहीपनि नरहेको बताए । उनले भारतमा काँग्रेसबाट राष्ट्रपति बनेका प्रणव मुखर्जीले भाजपाको सरकार बन्दा पनि मेरो सरकार भनेको भन्दै नेपालमा पनि भन्न नहुने कुरा केही पनि नरहेको बताए । 

प्रधानमन्त्री ओलीले यो कुरा झुक्किएर हालेको हो कि भन्ने लाग्छ भने त्यो झुक्किएर नभई जानेर बुझेर नै त्यो शब्द प्रयोग गरिएको हो । भारतको संविधानले कार्यकारी अधिकार राष्ट्रपतिलाई दिएको भन्ने तर्फ टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पनि राष्ट्रपतिलाई अधिकार नै नभएको भन्ने पनि नभएको उनको दाबी छ ।

मेरो सरकार भन्दा टाउकोदुखाउनुपर्ने कुनै कुरा नभएको भन्दै भारतमा पनि संविधानमा नै ‘मेरो सरकार भन्नु’ भन्ने उल्लेख नगरेको दाबी गरे । अर्काे तर्फ अघिल्लो वर्ष यो शब्द किन राखिएन भन्ने प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले परिवर्तन गर्नुपर्ने कुराकानीहरु विस्तारै हुँदै जाने भन्दै यो वर्ष यो शब्द परिवर्तन भयो । पछिल्ला वर्षहरुमा अन्य विषयहरु समेत परिवर्तन हुन्दै जाने बताए । 

विपक्षीले मेरो सरकार भन्न नसकेकोले आलोचना गरेको हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले बजेटमा विपक्षीका समेत धेरै कुराहरु उल्लेख हुने भन्दै प्रतिपक्षीले पनि मेरो सरकार भन्दा फरक नपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ