arrow

प्रिमियर लिगमा लेस्टरको शीर्षता कायमै, चेल्सी बराबरीमा रोकियो

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
lestar-city.jpg.jpeg
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लेस्टर सिटीको उत्कृष्ठ लय जारी छ । लेस्टरले शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै उपाधि दावेदारी बलियो बनाएको छ । क्रिष्टलको घेरेलु मैदानमा लेस्टरलाई विजयी गराउन रियाद माहरेजले निर्णायक गोल गरे । यस्तै, तेस्रो स्थानमा रहेको आर्सनलले एभर्टनविरुद्ध २–० को जित निकाल्यो ।
 
जितसंगै आर्सनलले दोस्रो स्थानको टोटनह्याम हट्सपरसंग अंक दुरी कम गरेको छ । अन्य खेलमा स्टोक सिटीले वाट्फोर्डलाई २–१ ले तथा नर्विच सिटीले वेष्ट ब्रोमविच आल्बियनलाई १–० हरायो । यस्तै, स्वान्सी सिटी घरेलुमैदानमा एस्टन भिल्लालाई १–० ले हराउन सफल भयो । संकटग्रस्त चेल्सी भने वेष्ट ह्याम युनाइटेडसंग २–२ को बराबरीमा रोकिएको छ । योसंगै ३१ खेलबाट शीर्ष स्थानको लेस्टर सिटीको ६६ अंक भएको छ । एक खेल कम खेलेको टोटनह्याम हट्सपरको ५८ अंक भएको छ । तेस्रो स्थानमा रहेको आर्सनलको ५५ अंक भएको छ । 
Mahrez is embraced by Leicester's top scorer Jamie Vardy who provided the assist for the Algerian to score his 16th of the season
 
Crystal Palace goalkeeper Wayne Hennesey thwarts Mahrez from close range after an excellent Leicester move in the first half
 
German defender Huth changes his torn shorts during the first half as central defensive partner Wes Morgan receives instructions



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ