arrow

शुक्रबारदेखि प्रतिनिधि सभामा प्रि-बजेट छलफल हुने

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
nepal_parliament.jpg.jpeg

काठमाडौं । प्रतिनिधिसभा तथा राष्ट्रियसभाको मंगलबारको बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 

नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न गर्दै सभामुख कृष्णबहादुर महराले यही शुक्रबारदेखि प्रि बजेट छलफल सुरु हुने बताए । प्रतिनिधिसभामा यही वैशाख २२, २३ र २४ गते छलफल भएको थियो । कूल १२३ सांसदले नीति तथा कार्यक्रममाथि धारणा राख्नुभएको थियो । प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच नीति तथा कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको र नियमापत्ती गरेको थियो । 

उता राष्ट्रिय सभामा भने सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरु राधेश्याम अधिकारी, वृजेशचन्द्र लाल र रमेशप्रसाद यादवलगायतले प्रस्तुत गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो । राष्ट्रियसभामा यही वैशाख २३ र २४ गते छलफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ