arrow

एथ्लेटिको मड्रिड रेलिगेशन क्षेत्रको स्पोर्टिङसंग पराजित, अंक बटुल्ने सपना टुट्यो

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
Sanabria_points.jpg.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड पराजित भएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको रेलिगेशन क्षेत्रमा रहेको स्पोर्टिङ गिजोनसंग पराजित भएको हो । गिजोनको घरेलु मैदानमा एथ्लेटिकोको लागि खेलको २९औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बनाएको अग्रता अन्ततः जोगाउन सकेन । गिजोनका लागि एन्टोनियो सानाबेरिआ र कार्लोस क्यास्ट्रोले एक–एक गोल गर्दै टोलीलाई जिताए । हार संगै एथ्लेटिकोको  बार्सिलोनासंगको अंक दुरी कम गर्ने प्रयास बिफल भयो । 
 
यस्तै, रियाल बेटिस मालागासंग १–० ले तथा लेभान्ते डेपोर्टिभो लाकोरुनासंग २–१ ले पारजित भए । लस पल्मसले रियाल सोसिडाडलाई १–० ले हराउँदा ग्रनाडा र रायो भाय कानोले २–२ को बराबरी खेले । लिगमा २९ खेलबाट ७५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहँदा ३० खेलबाट ६७ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो  तथा २९ खेलबाट ६३ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ । 
Antonio Sanabria celebrates wildly with his team-mates after equalising in the 79th minute at the El Molinon
 
Diego Simeone's men are still eight points behind league leaders Barcelona after the loss to Sporting Gijon
 
Castro celebrates in front of the home fans after firing Sporting Gijon to their first win in eight games



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ